Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

क्रिकेटका रोहित र करातेकी एरिका एनएसजेएफ स्पोर्ट्स अवार्डको वर्ष उत्कृष्ट खेलाडी


२९, भदौ २०८१
  • 120
    SHARES
  • क्रिकेटका रोहित र करातेकी एरिका एनएसजेएफ स्पोर्ट्स अवार्डको वर्ष उत्कृष्ट खेलाडी

    काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) स्पोर्ट्स अवार्ड–२०८० को वर्ष उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । एनएसजेएफले हिजो गरेको कार्यक्रममा एरिका महिलामा र रोहित पुरुषमा वर्ष उत्कृष्ट खेलाडी भएका हुन् ।

    १९औँ एशियाली खेलकुद (एशियाड) मा रजत पदक विजेता एरिकाले फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुविना क्षेत्री, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशीलाई पछि पारिन् ।

    त्यस्तै पुरुष क्रिकेट टोलीका कप्तान रोहितले क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङलाई पछि पारेका हुन् । त्यस्तै भलिबलकी कविता भट्टले पिपुल्स च्वाइसको अवार्ड जितिन् । 

    एनएसजेएफ पारा एथलिट अवार्डबाट पलेशा गोवर्धन सम्मानित भइन् । पलेशा चौथो पारा एसियन गेम्समा नेपालका लागि पहिलोपल्ट कांस्य पदक दिलाउन सफल खेलाडी हुन् । 

    नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) स्पोर्ट्स अवार्ड–२०८० अन्तर्गत ‘टिम अफ दी ईयर’को अवार्ड राष्ट्रिय महिला कबड्डी टोलीले जितेको छ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend