Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथि फेरि हत्या प्रयास


३१, भदौ २०८१
  • 201
    SHARES
  • पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथि फेरि हत्या प्रयास

    काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प माथि फेरि हत्या प्रयास गरिएको छ । फ्लोरिडा गल्फ कोर्समा ट्रम्पमाथि गोली हान्ने प्रयास गरिरहेका बन्दुकधारीलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

    ट्रम्पको हत्या प्रयास भएको अमेरिकी अधिकारीहरुले पनि पुष्टि गरेका छन् । गल्फ कोर्सको झाडीमा लुकेर गोली हान्न लागेका व्यक्तिलाई अमेरिकी गुप्तचर सेवाका एजेन्टहरुले देखेर ती व्यक्ति माथि नै गोली हानिएको अधिकारहरुले बताएका छन् ।

    गोली हान्ने प्रयास भइरहेका बेला ट्रम्प घटनास्थलबाट २ सय ७५ देखि ४ सय ५५ मिटर टाढा रहेको एफबिआईले जनाएको छ । घटनास्थलबाट ब्प्द्धठ शैलीको बन्दुक, दुई वटा झोला र गोप्रो क्यामेरा फेला परेको छ ।

    यसअघि पनि चुनावी प्रचारका क्रममा पेन्सलभेनिया राज्यमा ट्रम्प माथि गोली प्रहार गरिएको थियो । गुप्तचर सेवाका एजेन्टले सन्दिग्ध व्यक्तिलाई धेरै पटक गोली हानेको र ती व्यक्ति झारीबाट भागेर कालो निसान कारमा बसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    ट्रम्पले आफू सुरक्षित रहेको बताउनु भएको छ । हिंसाका लागि कुनै ठाउँ नभएको भन्दै ट्रम्प सुरक्षित रहेकोमा राष्ट्रपतिकी डेमोक्र्याटिक उम्मेद्वार कमला ह्यारिस र उपराष्ट्रपतिका उम्मेदवार टिम वाल्चले बताएका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend