Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित : राष्ट्रसङ्घ


१, असोज २०८१
  • 232
    SHARES
  • नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित : राष्ट्रसङ्घ

    राष्ट्रसङ्घ । उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरुका लागि खाद्य, पिउने पानी, सरसफाईजस्ता प्राथमिक सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

    मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएच्ए) ले राष्ट्र सङ्घका एजेन्सी, गैरसरकारी संस्था (एनजिओ) र नाइजेरिया रेडक्रस सोसाइटीका प्रमुखको संयुक्त मिसनले प्रभावित क्षेत्रको साताव्यापी भ्रमण गरी प्रभावितहरुको सहयोगका लागि सरकारी अधिकारीसँग समन्वय गरेको जनाएको छ ।

    लामो द्वन्द्व सँगै बाढीका कारण पटक–पटक विस्थापित भएका उनीहरूलाई यथाशिघ्र सहयोग चाहिएको ओसिएचएले जनाएको छ । विपद्को समयमा लैङ्गिक हिंसाको जोखिम कम गरी महिला तथा बालबालीकाको सुरक्षाको लागि सक्षम सुरक्षा गतिविधिहरू अवलम्बन गर्न तत्काल आवश्यक रहेको कार्यालयले जनाएको छ ।

    ओसिएइचएका अनुसार सेप्टेम्बर–९ मा अलाउ बाँध क्षेतिग्रस्त हुँदा तीन लाख मानिसहरु विस्थापित भएका थिए । मैदुगुरीमा बाढीले अन्य महत्वपूर्ण पूर्वाधारसहित दुईवटा महत्त्वपूर्ण पुलहरू आंशिक रूपमा ध्वस्त भएका छन् ।

    “सरकारी प्रयासको समर्थनमा, राष्ट्रसङ्घ र यसका साझेदारहरूले प्रभावित क्षेत्रमा खाना उपलब्ध गराइ रहेको कार्यालयले जनाएको छ । यसका साथै पानी, सरसफाइ र रोगको प्रकोप रोक्न पानी शुद्धिकरण “ट्याब्लेटहरू” प्रदान गरिरहेको कार्यलयले उल्लेख गरेको छ ।

    ओसिएइचएले नाइजेरियाका लागि संयुक्त राष्ट्रसङघीय मानवीय समन्वयकर्ता मोहम्मद मलिक फलले नाइजेरियाको मानवीय कोषबाट छ मिलियन अमेरिकी डलरको कोष घोषणा गरेको जनाएको छ ।

    कार्यालयका अनुसार पिडितहरुको जिवन बचाउन थप स्रोत र कोषको आवश्यकता छ । बाढीका कारण नाइजेरियामा तीन करोड बीस लाख मानिसहरू गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेको पुष्टि गर्दै ओसिएचएले बाढीले एक लाख २५ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा क्षति पुगेको बताएको छ ।

    कार्यालयका अनुसार बाढीका कारण “बोर्नो, आदामावा र योबे राज्यमा मात्र ४.८ मिलियन मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गर्न बाध्य छन भने दुई लाख ३० हजार बालबालिका कुपोषणको खतरामा परेका छन् ।

    खाद्य मुद्रास्फीतिका कारण खाद्य पदार्थको मूल्य तीन गुणा वृद्धि भएको छ भने बाली नालीकोे क्षतिले थप चिन्ता थपिएको छ । रासस

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend