Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इजरायली आक्रमणमा हिजबुल्लाहाका शीर्ष सेन्य कमाण्डरसहित १२ जना वरिष्ठ अधिकारी मारिएको पुष्टि


६, असोज २०८१
  • 208
    SHARES
  • इजरायली आक्रमणमा हिजबुल्लाहाका शीर्ष सेन्य कमाण्डरसहित १२ जना वरिष्ठ अधिकारी मारिएको पुष्टि

    काठमाण्डौ – लेबनानको राजधानी बेरुतमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा हिजबुल्लाहका शीर्ष सैन्य कमाण्डर मारिएका पुष्टि भएको छ । लेबनानी सशस्त्र समूह हिजबुल्लाहले आक्रमणमा सैन्य कमाण्डर इब्राहिम अकिलको ज्यान गएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

    इजरायलको आक्रमणमा १६ जना मारिएकामा तीमध्य १२ जना हिजबुल्लाहाका बरिष्ठ सदस्य रहेका छन् । अकिलसहितका वरिष्ठ सदस्यहरुको ज्यान गएसँगै इजरायल–हिजबुल्लाह युद्ध थप चर्केने सम्भावना बढेको बीबीसीले जनाएको छ । राष्ट्रसंघीय राजनीतिक मामिला प्रमुख रोजमेरी डिकार्लोले सुरक्षा परिषदको एक सत्रमा बोल्दै पछिल्ला घटनापछि मध्यपूर्व थप द्वन्द्वको जोखिममा फसेको बताउनुभएको छ ।

    गएको मङ्गलवार र बुधवार हिजबुल्लाहका पेजर र वाकीटकी विस्फोटका कारण कम्तीमा ३७ जनाले ज्यान गुमाएका थिए । तीन हजार सात सयभन्दा बढी घाइते भएका थिए । इजरायली सेनाले गएको जुलाईमा गरेको आक्रमणमा हिजबुल्लाहका सैन्य प्रमुख फुआद शुक्र मारिएका थिए । त्यसयता दुई पक्षबीच दिनहुँजसो आक्रमण चलिरहेको छ ।

    यसैबीच लेवनानका प्रधानमन्त्री नजीव मिकातीले इजरायलले लेवनानमा गरिरहेको आक्रमणबारे स्पष्ट अडान लिन अन्तराष्ट्रिय समुदायलाई अपिल गर्नुभएको छ । उहाँले इजरायलको आक्रमणलाई नरसंहार भन्नुभएको छ । उहाँले न्यूयोर्कमा भइरहेको राष्ट्रसंघको महासभामा भाग लिने कार्यक्रम पनि रद्ध गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।    

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend