Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति दिसानायकेले लिए शपथ


७, असोज २०८१
  • 224
    SHARES
  • श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति दिसानायकेले लिए शपथ

    काठमाडौं । अनुरा कुमारा दिसानायकेले श्रीलंकाको नयाँ राष्ट्रपतिको शपथ लिएका छन् ।

    आइतबार निर्वाचन आयोगले उनलाई विजेता घोषित गरेको थियो । कोलम्बोस्थित राष्ट्रपति कार्यालय भवनमा सोमबार बिहान उनले शपथ लिएका हुन् ।

    उनले श्रीलंकाले भोगिरहेको समस्याको जटिलता आफूले बुझेको र जनताको आशा पूरा गरी उनीहरूको विश्वास जित्न कडा मेहनत गर्ने वाचा गरे ।

    जेभीपी पार्टीका ५५ वर्षीय दिसानायकेले नेसनल पिपुल्स पावर नामक गठबन्धन बनाएर चुनावमा भाग लिएका थिए । उनले ४२.३१ प्रतिशत मत प्राप्त गरेका थिए । भ्रष्टाचार निवारण गर्ने र श्रीलंकाको राजनीति शुद्धीकरण गर्ने वाचाका साथ उनी चुनावमा उठेका थिए ।

    श्रीलंकामा अहिले अन्तर्राष्ट्रिय मुद्राकोषको सहायतामा स्थिति केही सुधार भएको छ । तर, मितव्ययिताका कडा सर्त पालना गर्दा गरिब जनताले ठूलो आर्थिक कठिनाइ बेहोर्नु परिरहेको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend