Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

युक्रेनसँगको युद्धमा ठूला आणविक आक्रमण शुरु गर्ने रुसको चेतावनी


१०, असोज २०८१
  • 211
    SHARES
  • युक्रेनसँगको युद्धमा ठूला आणविक आक्रमण शुरु गर्ने रुसको चेतावनी

    काठमाण्डाै –  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गैर–आणविक राज्यबाट आणविक हतियारको समर्थनमा भइरहेको आक्रमणलाई कसैको सहयोगमा भएको संयुक्त आक्रमण हुनसक्ने भन्दै युक्रेनसँगको युद्धमा आणविक हतियार प्रयोग गर्न बाध्य भएको बताउनुभएको छ । उहाँले रुसले आणविक हतियार प्रयोग गर्ने विषयमा केही नियम र पूर्व सर्तहरु परिवर्तन गर्न लागेको बताउनुभयो ।

    युक्रेन एक गैर–आणविक राज्य भए पनि अमेरिका र अन्य आणविक देशबाट सैन्य समर्थन प्राप्त गरेको रुसको दाबी रहेको बीबीसीले जनाएको छ । युक्रेनको राजधानी कीभले रूसमा सैन्य क्षेत्रमा लामो दूरीको पश्चिमी मिसाइल प्रयोग गर्न स्वीकृति खोजेपछि पुटिनको यस्तो प्रतिक्रिया आएको हो ।

    अमेरिकामा भ्रमणमा रहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वाशिङ्गटनमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेटेर लामो दूरीको मिसाइल प्रयोगको प्रस्तावबारे छलफल हुनसक्ने खबरमा उल्लेख छ ।

    यसअघि चीनले पनि पुटिनलाई आणविक हतियार प्रयोग नगर्न चेतावनी दिनुभएको थियो । उहाँले युद्धरत राज्यहरूले ठूला आणविक आक्रमणहरु शुरु गर्ने हो भने विनाश र विपत्ति निम्याउने जोखिम बढ्ने बताउँदै आउनुभएको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend