Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हेलेन आँधीमा परेर अमेरिकामा १२८ जनाको मृत्यु


१५, असोज २०८१
  • 253
    SHARES
  • हेलेन आँधीमा परेर अमेरिकामा १२८ जनाको मृत्यु

    क्यारोलिना – अमेरिकामा हेलेन आँधीका कारण मर्नेको सङ्ख्या १२८ नाघेको छ। यो सङ्ख्या अझ बढ्दै जान पनि सक्ने अनुमान गरिएको छ।

    नर्थ क्यारोलिनामा ५८, साउथ क्यारोलिनामा ३०, जर्जियामा २५, फ्लोरिडामा ११, टिनेजमा ४ तथा भर्जिनियामा २ जनाको ज्यान गएको हो।

    हेलेनको यो वितण्डापछि पश्चिम क्यारेबियन तथा ‘गल्फ अफ मेक्सिको’ बाट नयाँ आँधीको सम्भावना समेत देखिएको छ। त्यो आँधी हेलेन जस्तै शक्तिशाली नहुने अनुमानसमेत गरिएको छ।

    बाढीले पछिल्लो समय नर्थ क्यारोलिनामा असर गरेको हो। नर्थ क्यारोलिनामा संरचना भत्किएका छन्। अस्पतालको अवस्थासमेत सहज छैन।

    नर्थ क्यारोलिनाको पश्चिमी भागमा अझ बढी क्षति भएको त्यहाँका गभर्नर रोय कुपरले बताएका छन्। उनले अहिले ध्वस्त भएका संरचना तयार हुन धेरै वर्ष लाग्ने बताएका छन्।

    पेन्टागनले सोमबार जनाए अनुसार पूर्वी तटीय क्षेत्रमा रहेका हजारौँ सुरक्षाकर्मीलाई नयाँ स्थानमा जानका लागि भनिएको छ।

    फ्लोरिडामा मात्र ३५ सय सुरक्षाकर्मी र ११ वटा हेलिकप्टर तैनाथ गरिएको थियो। जर्जियामा उद्धारका लागि आठ सय जना खटाइएको थियो भने साउथ क्यारोलिनामा ६ सय जना खटाइएको थियो।

    अमेरिकी राष्ट्रपति जो वाइडेनले हेलेन आँधीबाट प्रभावितलाई सम्बोधन गर्दै आफू त्यहाँका नागरिकको पक्षमा रहेको जनाएका छन्। उनले यसै साताको अन्त्यमा प्रभावित क्षेत्रमा भ्रमण गर्ने जनाएका छन्।

    आँधीले अमेरिकाको चुनावी कार्यक्रमलाई समेत प्रभाव पारेको छ। निर्वाचनमा प्रतिस्पर्धी दुवै उम्मेदवार अन्य मुद्दा छाडेर हेलेन आँधीबाट प्रभावितको पक्षमा उभिएका छन्।

  • ट्रम्पको चेतावनी : ‘१० मिनेटमै इरानका बाँकी सैन्य लक्ष्य ध्वस्त पार्न सक्छौँ’

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य तथा आणविक क्षमता नष्ट गरिसकेको दाबी

  • बाइनान्समा ठूलो साइबर हमला : ६ अर्ब ३० करोड डलर चोरी भएको दाबी, ३ अर्ब डलर रोक्का

    काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्स साइबर आक्रमणको निशानामा परेको छ। आक्रमणका क्रममा

  • महँगी र सरकारी नीतिविरुद्ध फ्रान्समा उग्र प्रदर्शन, देशभर करिब एक हजार पक्राउ

    पेरिस । बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा भएको बृहत् प्रदर्शन हिंसात्मक बनेपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend