Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इजरायली आक्रमणबाट गाजामा ४० जना प्यालेस्टाइनीको मृत्यु


२६, कात्तिक २०८१
  • 262
    SHARES
  • इजरायली आक्रमणबाट गाजामा ४० जना प्यालेस्टाइनीको मृत्यु

    एजेन्सी - गाजामा इजरायली आक्रमणबाट कम्तीमा ४० जना प्यालेस्टाइनीको ज्यान गएको छ ।

    आक्रमणबाट गाजाको उत्तरी शहर जबलियामा रहेका आवासीय भवनमा रहेका २४ जनासहित ४० जना प्यालेस्टाइनीको ज्यान गएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारी र मानव अधिकार समूहले बताएका छन् ।

    हिजो बिहानै इजरायली आक्रमणमा जबलियामा रहेको तीन तले भवन ध्वस्त हुँदा नजिकै रहेका घरका अरु ३० जना  घाइते भएका गाजामा रहेको प्यालेस्टाइनी सेन्टर फर ह्युमन राइट्स (पीसीएचआर) लाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

    इजरायली सेनाले जबलियामा विद्रोही समूहले कब्जा गरेको ठाउँमा आक्रमण गरेको दाबी गरेको छ । उनीहरुले त्यस क्षेत्रमा रहेका इजरायली रक्षा बलका सेनाहरूलाई खतरा बनाएका रिपोर्ट आइरहेकाले आक्रमण गरेको सेनाको भनाइ छ ।

    केही दिनदेखि गाजामा इजरायली सेनाले अस्पताल तथा विरामीको उपचार सेवामा हस्तक्षेप गर्दै आइरहेको छ ।जबलिया र वरपरका तीन अस्पतालहरू इजरायली सेनाले धेरै हप्तादेखि घेरामा परेर खाना, चिकित्सा र इन्धन आपूर्तिमा रोक लगाएका छन् ।

    तर अस्पतालका अधिकारीहरूले उपचार सेवा बन्द गर्न सेनाले दिएको निर्देशनलाई अस्वीकार गर्दै उपलब्ध श्रोत साधनले बिरामीको उपचार गरिरहेका खबरमा उल्लेख छ । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend