Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

मिसाइल आक्रमणको चेतावनी पछि युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी


२८, कात्तिक २०८१
  • 212
    SHARES
  • मिसाइल आक्रमणको चेतावनी पछि युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी

    युक्रेन । युक्रेनी राष्ट्रपतिका “चिफ अफ स्टाफ” ले राजधानीमा मिसाइल आक्रमणको चेतावनी दिए पछि अधिकारीहरूले देशव्यापी रुपमा आक्रमणको चेतावनी जारी गरेका छन् ।

    रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै एन्ड्री यर्माकले टेलिग्राम मार्फत “पुटिनले पछिल्लो समयमा किभमा क्षेप्यास्त्र आक्रमण गरिरहेको जनाएका छन् ।

    युक्रेनी सेनाले यस अघि बुधबार देशको हवाई क्षेत्रमा क्षेप्यास्त्र प्रवेश गरेको र राजधानी किएभ तर्फ गइरहेको चेतावनी दिएको थियो ।

    “सावधान ! चेर्निहिभ क्षेत्रमा मिसाइल किभ क्षेत्रतर्फ गइरहेको छ”, भन्ने सुचना टेलिग्राम मार्फत जारी गरिएको छ ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा एक ३२ वर्षीया आमा र उनका तीन बच्चाहरूको हत्या सहित एक हप्ताको निरन्तर आक्रमण पछि यो आक्रमण भएको हो ।

    पछिल्लो समयमा मस्को र किभले एक अर्का लाई लक्षित गरी रातारात विभिन्न आक्रमणहरू गरिरहेका छन् ।

    रूसी क्षेत्र कुर्स्कबाट युक्रेनी सेनालाई निष्कासन गर्न रूसले उत्तर कोरियाली लडाकुसहित करिब ५० हजार सैनिक तयार पारेको जेलेनस्कीले चेतावनी दिएका छन् । - रासस

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend