Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

हलिउड कलाकारले आन्दोलनकाे घोषणा गरे, झन्डै १ लाख ६० हजार जना सहभागी हुँदै


२९, असार २०८०
  • 237
    SHARES
  • हलिउड कलाकारले आन्दोलनकाे घोषणा गरे, झन्डै १ लाख ६० हजार जना सहभागी हुँदै

    एजेन्सी । अमेरिकी फिल्म उद्योग हलिउडका कलाकारहरूले आन्दोलनको घोषणा गरेका छन् । फिल्म तथा रङ्गमञ्च र टेलिभिजन कलाकारहरूले स्ट्रिमिङ कम्पनीविरुद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

    आन्दोलनमा स्क्रिन राइटर्स गिल्ड (एसएजी) ले पनि ऐक्यबद्धता जनाएको छ । स्ट्रिमिङ तथा स्टुडियो कम्पनीसँगको वार्ता असफल भएपछि कलाकारहरूले आन्दोलनको घोषणा गरेका हुन् । झन्डै एक लाख ६० हजार जना कलाकार आन्दोलनमा सहभागी हुँदैछन् ।

    गएकाे ४० वर्षमा अमेरिकी रङ्ग कलाकारले शुरु गरेको यो सबैभन्दा ठूलो आन्दोलन रहेको बीबीसीले जनाएको छ । पहिलो चरणमा उनीहरूले क्यालिफोर्नियाको नेटफ्लिक्सको कार्यालयमा धर्ना दिएर आन्दोलन सुरु गर्ने तयारी गरेका छन् । नेटफ्लिक्सपछि उनीहरूले प्यारामाउन्ट, वार्नर र डिज्ने घेराउ गर्ने बताएका छन् ।

    उचित पारिश्रमिक तथा प्रसारण संस्थाहरूले गर्ने कमाइको भागबन्डा हुनुपर्ने उनीहरूको माग छ । साथै फिल्म उद्योगमा एआई र एनिमेशनको बढ्दो प्रयोगले कलाकार विस्थापित हुनु परेको गुनासो गरेका छन् ।

     

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend