Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले अवैध आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने


४, मंसिर २०८१
  • 250
    SHARES
  • नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले अवैध आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने

    एजेन्सी - अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेनाको प्रयोग गर्ने घोषणा गर्नुभएको छ ।

    उहाँले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गरि सेना प्रयोग गरेर भएपनि आप्रवासीलाई देश निकाला गर्ने योजना बनाएको बताउनुभएको हो ।

    वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकालमा गैरकानुनी रूपमा आप्रवासीको सङ्ख्या बढेपछि त्यस्ता लाखौँ आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिकोसँगको सीमालाई व्यवस्थित बनाउने ट्रम्पको योजना रहेको समाचार संस्था एएफपीले जनाएको छ ।

    यही नोभेम्बर ५ मा डेमोक्रेटिक उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प अमेरिकी राष्ट्रपति पदमा पुनः निर्वाचित हुनुभएको थियो ।

    गएको जुलाईमा रिपब्लिकन नेशनल कन्भेन्सनमा उहाँले समर्थकहरू समक्ष अवैध आप्रवासीलाई फिर्ता पठाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

    अमेरिकामा झण्डै एक करोड १० लाख मानिस गैरकानुनी रूपमा बसिरहेको र ट्रम्पको योजनाले दुई करोड परिवारमा प्रत्यक्ष असर पर्ने अनुमान छ । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend