Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति घोषित


९, मंसिर २०८१
  • 152
    SHARES
  • एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति घोषित

    एजेन्सी - अमेरिकी खर्बपति एलन मस्क मानव इतिहासकै धनी व्यक्ति बनेका छन् ।

    पुनः विश्वकै धनी व्यक्ति बनेका मस्कको सम्पत्ति मानव इतिहासमा अहिलेसम्मकै कुनै पनि व्यक्तिको सम्पत्ति भन्दा बढी रहेको फोर्ब्सले उल्लेख गरेको छ ।

    टेस्ला, स्पेस एक्स, एक्स एआई लगायतका कम्पनीका मालिक रहेका मस्कको सम्पत्ति तीन सय ३४ दशमलव तीन बिलियन अमेरिकी डलर पुगेको छ । यो रकम नेपाली रुपैयाँमा दुई सय ८२ खर्ब भन्दा धेरै हुन्छ ।

    अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भएसँगै एलन मस्कका कम्पनीहरुको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

    मस्क ट्रम्पलाई जिताउन रकम सहयोगसहित प्रचारपसारमा खटिनुभएको थियो । ट्रम्पले चुनाव जितेपछिको १७ दिनमै मस्कको सम्पत्ति ७० अर्ब डलरले बढेको फोर्ब्सले जनाएको छ ।

    मस्कको सम्पत्ति अहिले दोस्रो स्थानमा रहेका ओरेकल कम्पनीका अध्यक्ष ल्यारी इलिसनकोभन्दा ८० अर्ब डलरले धेरै छ । मस्क इतिहासकै धेरै धनी व्यक्ति बने पनि सन् २०२४ मा धेरै कमाउने व्यक्तिको सूचीमा भने एनभिडियाका सीईओ जेन्सेन हुआङ रहेका फोव्र्सले जनाएको छ ।    

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend