Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा


११, मंसिर २०८१
  • 159
    SHARES
  • चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

    एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमै चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने घोषणा गरेका छन ।

    राष्ट्रपति ट्रम्पले २०२५ जनवरी २० तारिखमा पदभार ग्रहण गरेपछि मेक्सिको र क्यानडाबाट आउने सबै सामानमा २५ प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताएका बीबीसीले जनाएको छ ।

    यस्तै चीनबाट हुने आयातमा १० प्रतिशत अतिरिक्त शुल्क लगाइने उनले बताए । साथै लागूऔषध, अवैध रूपमा सीमा पार गर्ने आप्रवासीहरूलाई नरोकेसम्म मेक्सिको र क्यानडामाथि लगाइएको कर नहट्ने पनि उनले बताए । ‘यो उनीहरूको लागि धेरै ठूलो मूल्य तिर्ने समय हो ।’ ट्रम्पले भनेका छन ।

    चिनियाँ अधिकारीहरूले फेन्टानिलको कारोबार गर्दा पक्राउ परेका मानिसहरूलाई मृत्युदण्ड दिने प्रतिज्ञा पूरा गर्न असफल भएको भन्दै ट्रम्प चीनसँग पनि आक्रोशित भएका छन । आफ्नो चुनावी अभियानको क्रममा ट्रम्पले चीनमा निर्मित सबै उत्पादनहरूमा ६० प्रतिशतभन्दा धेरै शुल्क लगाउने बताएका थिए । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend