Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेश


३१, असार २०८०
  • 177
    SHARES
  • लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेश

    देउखुरी । लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेश भएका छन् भने एक विधेयक फिर्ता भएको छ ।

    शनिबार बसेको प्रदेशसभा बैठकमा निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री सन्तोष पाण्डेयले पेश गरेका हुन्।

    त्यस्तै स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पनि सैद्धान्तिक छलफलका लागि पेश गरिएको छ । उक्त विधेयकमा सांसदहरू लोकीकुमारी विक, भगवती अधिकारी, विष्णु पन्थी, राजकुमार चौधरी, निमा गिरीले विधेयकमा समावेश गरिनुपर्ने विषयहरू टिपोट गराएका छन् । सांसदहरुले निजी क्षेत्रलाई कानुन बनाएर स्वास्थ्य क्षेत्रमा स्थान दिनुपर्ने र उनीहरूले दिने सेवा सुविधाका विषयमा बलियो कानुन बनाउनुपर्नेमा जोड दिएका छन् ।

    प्रदेशमा रहेका १६ नर्सिङ कलेज बन्द भएको र भारतीय सीमा क्षेत्रमा यसको पढाई भइरहेकाले विशेष सचेत रहनुपर्ने भन्दै उनीहरुले सरकारलाई ध्यानाकर्षण गराएका छन् । यसअघि प्रदेश सरकारले लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गरेको थियो । आन्तरिक मामिला मन्त्री पाण्डेयले उक्त विधेयक फिर्ता गर्ने प्रस्ताव पेश गरेका छन् ।

    अबको दोस्रो अधिवेशनको २० औँ बैठक साउन ८ गते बस्ने सभामुख तुलाराम घर्तिमगरले जानकारी दिए ।

     

  • नारायणप्रसाद भट्ट सचिवमा बढुवा, कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी

    काठमाडौं । नेपाल प्रशासन सेवाका वरिष्ठ सहसचिव नारायणप्रसाद भट्ट राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा

  • खसीको मूल्य, बाख्रीको मासु : रातोपुलमा उपभोक्ता ठगीको आरोपमा तीन पक्राउ

    काठमाडौं । चाडबाड नजिकिँदै गर्दा उपभोक्तालाई ठगी गरेको आरोपमा राजधानीको रातोपुल क्षेत्रमा प्रहरीले तीन जनालाई

  • बाढीमा ज्यान गुमाएकाका शव तनहुँको जङ्गलमा व्यवस्थापन गरिँदै

    दमौली (तनहुँ) । भोटेकोशी बाढीका कारण ज्यान गुमाएका र त्रिशूली नदीमा फेला परेका तर हालसम्म

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend