Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पाकिस्तानमा प्रदर्शनकारीमाथि भएको कारबाहीको तत्काल छानबिन गर्न एम्नेस्टीको माग


१३, मंसिर २०८१
  • 126
    SHARES
  • पाकिस्तानमा प्रदर्शनकारीमाथि भएको कारबाहीको तत्काल छानबिन गर्न एम्नेस्टीको माग

    एजेन्सी - पाकिस्तानमा विपक्षी दलका प्रदर्शनकारीहरूमाथि भएको कारबाहीको तत्काल र पारदर्शी छानबिन हुनुपर्ने एम्नेस्टी इन्टरनेशनलले बताएको छ ।

    एम्नेस्टीले प्रदर्शनकारीहरूमाथिको कारबाहीलाई बर्बरताको संज्ञा दिँदै छानबिन हुनुपर्ने माग गरेको हो । विपक्षी दल, पाकिस्तान–तहरीक–ए–इन्साफ, (पीटीआई) का प्रदर्शनकारीहरूविरुद्ध ठूलो मात्रामा हिंसा, इन्टरनेट सेवाहरू निलम्बन र मानिसहरूलाई व्यापक रूपमा बन्दी बनाएको एम्नेस्टीको ठहर रहेको बीबीसीले जनाएको छ ।

    प्रदर्शनकारीहरूमाथि कारबाहीका क्रममा ठूलो मात्रामा हिंसा देखिएको खबरमा उल्लेख छ । प्रहरी र प्रदर्शनकारीहरूबीचको झडपमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी घाइते भएका छन् ।

    पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै गएको आइतबारदेखि शुरू भएको प्रदर्शनमा सयौं प्रदर्शनकारी पक्राउ परेका छन् ।

    अन्यायपूर्वक जेलमा राखिएका इमरान खानको रिहाइ नभएसम्म सडक नछोड्ने प्रदर्शनकारीहरूले बताएका थिए । तर आज उनीहरूले आफ्नो प्रदर्शन स्थगित गर्ने घोषणा गरेका छन् ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend