काठमाडौँ । अफ्रिकी देश नामिबियाको पहिलो महिला राष्ट्रपतिमा ७२ वर्षीय नेतुम्बो नन्दी-नडैतवाह निर्वाचित भएकी छन् ।
यसअघि नन्दी–नडैतवाहले उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । उनी सत्तारूढ दल साउथ वेस्ट अफ्रिका पिपुल्स अर्गनाइजेसनकी सदस्य हुन् ।
राष्ट्रपति निर्वाचनमा उनले ५७ प्रतिशतभन्दा बढी मत ल्याएकी हुन् । उनका प्रतिद्वन्द्वी पाण्डुलेनी इतुलाले २६ प्रतिशत मत ल्याए ।