Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सिरिया स्वतन्त्र भएको विद्रोही समूहको घोषणा


२३, मंसिर २०८१
  • 159
    SHARES
  • सिरिया स्वतन्त्र भएको विद्रोही समूहको घोषणा

    एजेन्सी - सिरियाको विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस) ले देश स्वतन्त्र भएको घोषणा गरेको छ ।

    लडाकुहरु राजधानी दमास्कसमा प्रवेश गरेसँगै राष्ट्रपति बसर अल–असदले राजधानी छाडेर भाग्नुभएको दाबी गर्दै एचटीएसले देश स्वतन्त्र भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।

    एचटीएसले आधा शताब्दी लामो असद शासनको अन्त्य भएको उल्लेख गर्दै अब विस्थापित वा कैदमा परेका मानिसहरू घर फर्कने बताएको छ ।

    सिरियामा अँध्यारो युगको अन्त्य भई नयाँ युगको शुरुवात भएको एचटीएसको दाबी छ । समाचारसंस्था रोयटर्सले पनि राष्ट्रपति असदले राजधानी छाड्नुभएको उल्लेख गरेको छ । तर उहाँ कहाँ जानुभयो ? भन्ने अहिलेसम्म खुलेको छैन ।

    सिरियाको राजधानी दमास्कसमा गोली चलेको आवाज सुनिएको खबरमा उल्लेख छ । इस्लामिक विद्रोही समूहले आक्रमण शुरु गरेको दुई हप्ता पनि नपुग्दै अलेप्पो, हामा, होम्सलगायतका ठूला सहर कब्जा गर्दै राजधानीमा प्रवेश गरेको हो । सिरियालाई लामो समयदेखि रुस, लेवनानलगायत देशले सहयोग गर्दै आएका थिए ।   

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend