Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो


१५, माघ २०८१
  • 145
    SHARES
  • श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो

    कोलम्बो । मुलुकले आफ्नो सबैभन्दा खराब आर्थिक मन्दीबाट बाहिर निस्कने थप सङ्केतहरू देखाएपछि श्रीलङ्काले मङ्गलबार सवारी साधन आयातमा लगाइएको पाँच वर्षको प्रतिबन्ध हटाउने घोषणा गरेको छ ।

    सूचनामन्त्री नलिन्दा जयतिसाले सन् २०२० देखि लागु गरिएको प्रतिबन्ध चरणबद्ध रूपमा हटाएर शनिबारदेखि बस, ट्रक र उपयोगिता सवारी साधनहरूको आयात खुला गरिने बताए ।

    “हाम्रो विदेशी मुद्रा सञ्चिति रित्तिने गरी आयातमा वृद्धि हुन नदिन हामी धेरै सावधानीपूर्वक अघि बढिरहेका छौँ”, जयतिसाले कोलम्बोमा पत्रकारहरूलाई भने, “मागका आधारमा हामी कार, मोटरसाइकल र तीन पाङ्ग्रे सवारी साधन जस्ता अन्य श्रेणीका सवारी साधनहरूको आयात खोल्नेछौँ ।”

    उनले आयात आवश्यक कर राजस्व उत्पन्न गर्न आवश्यक भएको बताए । सरकारले यस वर्ष आयातलाई लगभग एक अर्ब २० करोड डलरमा सीमित गर्ने आशा गरेको छ ।

    सवारी साधनमा हालको कर दर तीन सय प्रतिशतभन्दा बढी छ ।

    श्रीलङ्काले सन् २०२० मार्चमा आयात प्रतिबन्ध लगाउनु अघिको अन्तिम पूर्ण वर्ष सन् २०१९ मा सवारी साधन आयातमा एक अर्ब ४० करोड डलर खर्च गरेको थियो ।

    यस टापु राष्ट्रले सन् २०२३ अगस्टमा व्यावसायिक सवारी साधन आयात प्रतिबन्ध हटाउने प्रयास गरेको थियो तर देश अझै विदेशी ऋणमा डिफल्ट भएको अवस्थामा आयातकर्ताहरू प्रतीतपत्र खोल्न असमर्थ थिए ।

    श्रीलङ्काले द्विपक्षीय र निजी ऋणदाताहरूसँग ऋण पुनर्गठन सम्झौता सुरक्षित गरेपछि डिसेम्बरमा दिवालिया राष्ट्रका रूपमा आफ्नो स्थिति औपचारिक रूपमा समाप्त गर्यो ।

    यस मुलुकले सन् २०२२ अप्रिलमा आफ्नो ४६ अरब डलरको बाह्य ऋण चुकाउन असफल भएको थियो । किनकि देश आयातको वित्तपोषण गर्न विदेशी मुद्राबाट बाहिर निस्केको थियो, जसले खाद्यान्न, इन्धन र औषधिहरूको पीडादायी अभाव निम्त्यायो।

    महिनौँको सडक प्रदर्शनले भ्रष्टाचार र कुव्यवस्थाको आरोप लागेका तत्कालीन राष्ट्रपति गोटाबाय राजपक्षेको पतन भयो ।

    उनका उत्तराधिकारीले अन्तर्राष्ट्रिय मुद्राकोषबाट राहत ऋण प्राप्त गरे । यसले दक्षिण एशियाली राष्ट्र सुधार हुँदै गएको तर अझै पूर्ण रूपमा सङ्कटमुक्त नभएको बताएको छ । रासस

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend