Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गैरकानुनी आप्रवासी राख्‍न ग्वान्टानामो खाडीमा बन्दीगृह विस्तार गर्न ट्रम्पको आदेश


१७, माघ २०८१
  • 159
    SHARES
  • गैरकानुनी आप्रवासी राख्‍न ग्वान्टानामो खाडीमा बन्दीगृह विस्तार गर्न ट्रम्पको आदेश

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाको ग्वान्टानामो खाडीमा तीस हजार गैरकानुनी आप्रवासीलाई राख्‍न हिरासत केन्द्र विस्तार गर्न आदेश दिएका छन् ।

    देशभर रहेका दशौं लाख अवैध आप्रवासीहरुलाई स्वदेश फिर्ता र कानुनी कारवाहीको क्रम बढेसँगै उनीहरुको व्यवस्थापनकालागि हिरासतको ठाउँ खोजिएको हो ।

    यसैक्रममा अमेरिकाले ग्वान्टानामो खाडी प्रस्ताव गरेको हो । कुख्यात अपराधीहरुलाई राख्ने ठाउँका रुपमा अमेरिकाले यसअघि पनि ग्वान्टानामो खाडीलाई प्रयोग गर्दै आएको छ ।

    यता क्युबाली राष्ट्रपतिले भने अमेरिकी योजनालाई “क्रूरताको कार्य” भनेको छ। ट्रम्पले अमेरिकी राष्ट्रपतिमा दोस्रो पटक पद बहाली पछि अमेरिकामा रहेका विकृति अन्त्यका लागि भन्दै विभिन्न कार्यकारी आदेश जारी गरी कार्य अघि बढाएका छन् । उनका कतिपय आदेशहरुप्रति कानुनी रुपमै प्रश्न उठाइएको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend