Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बङ्गलादेशका प्रदर्शनकारीहरूले हसिनासँग सम्बन्धित भवनहरू ध्वस्त पारे


२४, माघ २०८१
  • 154
    SHARES
  • बङ्गलादेशका प्रदर्शनकारीहरूले हसिनासँग सम्बन्धित भवनहरू ध्वस्त पारे

    ढाका । विद्यार्थीहरूले पदच्यूत पूर्व नेता शेख हसिनाका पिताको सङ्ग्रहालय भत्काउन सुरु गरेको केही घन्टापछि सयौँ बङ्गलादेशी प्रदर्शनकारीहरूले बिहीबार हसिनासँग सम्बन्धित भवनहरू भत्काएका छन् ।

    हसिनाका दिवङ्गत पिता एवं बङ्गलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको घर र सङ्ग्रहालयमा गत वर्ष विद्यार्थी नेतृत्वको क्रान्तिको क्रममा आगो लगाइएको थियो । उक्त क्रान्तिले हसिनाको १५ वर्षको निरङ्कुश शासनको अन्त्य गरेको थियो ।

    हसिनाले अगस्ट ५ मा हेलिकोप्टरबाट पुरानो मित्रराष्ट्र भारततर्फ उडान भरेको ठीक छ महिनापछि बुधबार राति हथौडा र धातुका डन्डा बोकेको भीडले राजधानी ढाकाको भवनको पर्खालहरू भत्काउन थाल्यो ।

    नरसंहारको मुद्दामा ढाकामा मुद्दाको सामना गर्न पक्राउ पूर्जीको अवज्ञा गरिरहेकी ७७ वर्षीया हसिना निर्वासनबाट फेसबुक प्रसारणमा देखा पर्ने रिपोर्टहरूको प्रतिक्रियामा विरोध प्रदर्शन भड्किएको थियो ।

    बिहीबार बिहान बाँकी रहेको आगोले कालो पारेका पर्खालहरू भत्काउन डिगरहरू प्रयोग गरिँदै थियो ।

    प्रदर्शनकारीहरूले हसिनाका दिवङ्गत पतिको ढाकाको घरमा भएको आगलागीसहित हसिनासँग सम्बन्धित देशभरका अन्य घरहरूमा पनि तोडफोड र आगो लगाइदिए ।

    सबैभन्दा ठूलो बङ्गाली दैनिक प्रथम आलोले खुल्ना सहरमा हसिनाको परिवारको स्वामित्वमा रहेको भवन ध्वस्त पार्न भीडले सरकारी स्वामित्वको उत्खनन यन्त्र प्रयोग गरेको रिपोर्ट गरेको छ ।

    – तोडफोड गरिएका घरहरू –

    पश्चिमी सहर कुष्टियामा प्रदर्शनकारीहरूले हसिनाको अवामी लिग पार्टीका नेता महबुबुल आलम हनिफको घरमा तोडफोड गरेका छन् ।

    चट्टगाँवमा प्रदर्शनकारीहरूले मसाल जुलुस निकाले र शेख मुजिबुर रहमानको भित्तेचित्र तोडफोड गरे ।

    अन्तरिम सरकारले आक्रमणको लहरबारे कुनै औपचारिक टिप्पणी गरेको छैन र सुरक्षा बलहरूले प्रदर्शनकारीहरूलाई भवनहरूमा आक्रमण गर्न दिएर हेरिरहे ।

    छिमेकका एक निजी सुरक्षा गार्डले परिवारहरूले भरिएका नजिकैका भवनहरूमा आगो फैलिने डरले उनले फायर सर्भिसलाई एक दर्जनभन्दा बढी पटक फोन गरेको बताए ।

    “हामीले आफैँले बिजुलीको लाइन काटिदिएका छौँ”, जमाल उद्दीनले भने, “स्थिति कहिले सामान्य हुनेछ मलाई थाहा छैन ।”

    रहमानको पूर्व निवास नजिक बस्ने एक पसलेले अराजकताप्रति चिन्ता व्यक्त गरे । “यो तोडफोड राम्रो सङ्केत होइन”, बोलेकोमा प्रतिशोधको डरले नाम नखुलाउन अनुरोध गर्दै उनले भने । - रासस

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend