Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गैरसरकारी संस्थाभित्र पारदर्शिता हुनुपर्छ भन्ने आवाज छ : सभापति देउवा


५, फागुन २०८१
  • 138
    SHARES
  • गैरसरकारी संस्थाभित्र पारदर्शिता हुनुपर्छ भन्ने आवाज छ : सभापति देउवा

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गैरसरकारी संस्थाभित्र पारदर्शिता हुनुपर्छ भन्ने आवाज रहेको बताएका छन् ।

    सोमबार पार्टीको केन्द्रिय कार्यालय सानेपामा आयोजित ‘गैरसरकारी संस्थासम्बन्धी काँग्रेसको नीति’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यी संघसंस्थाहरूमा सुशासन, पारदर्शिता र आन्तरिक लोकतन्त्र मजबुद हुनुपर्छ भन्ने पनि आवाज छ,’ सभापति देउवाले भने ।

    गैरसरकारी संस्थाले परियोजना छनोट गर्दा स्थानीयको चाहना र आवश्यकतालाई ख्याल गर्नुपर्ने उनले सुझाए । ‘हाम्रा हिमालहरू नांगिन थालेका छन् । गैरसरकारी संस्थाहरूले हिमाल कसरी जोगाउने भन्ने विषयमा सामुदायिक सचेतनादेखि व्यक्तिगत पहल गर्न आवश्यक छ,’ सभापति देउवाले भने ।

    एउटै कार्यक्रममा दोहोरो खर्च गर्ने प्रवृत्ति पनि अन्त्य गर्न आवश्यक रहेको उनले सुझाए । जलवायु परिवर्तनले धेरै असर पारेकाले यसमा सबैको ध्यान पुग्नुपर्ने उनको आग्रह छ ।

    पार्टीले वैदेशिक सहायतालाई स्थानीयको चाहना र आवश्यकता अनुसार परिचालन गर्नुपर्ने नीति लिँदै आएको र यसले नै निरन्तरता पाउने सभापति देउवाले बताए । आर्थिक समृद्धि र विकासमा योगदान पुर्‍याउने गरी वैदेशिक साहायता लिनुपर्ने र लिइने सभापति देउवाको प्रतिबद्धता छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend