Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपाली विद्यार्थी मृत्यु प्रकरण: कलेजका कर्मचारीहरू निलम्बित


६, फागुन २०८१
  • 174
    SHARES
  • नेपाली विद्यार्थी मृत्यु प्रकरण: कलेजका कर्मचारीहरू निलम्बित

    काठमाडौँ । नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कर्मचारीहरुलाई निलम्बित गरेको छ । 

    केआईआईटी कलेजले मंगलबार जारी गरेको विज्ञप्तिमा दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पनि पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको उल्लेख छ । यस्तै थप दुई जना सेक्युरिटी कर्मचारीलाई बर्खास्त थरिएको छ । 

    विज्ञप्तिमा विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्काउने वातावरण निर्माण गर्न लागिपरिएको पनि उल्लेख छ । 

    यस्तै कलेज प्रशासनले घटनाप्रति दुःख व्यक्त समेत गरेको छ । आइतबार उक्त कलेजमा अध्ययनरत नेपाली छात्रा लम्सालले आत्महत्या गरेकी थिइन् । सो घटनापछि कलेजमा आन्दोलन भएको थियो भने कलेज प्रशासनले अमानवीय व्यवहार गर्दै विद्यार्थीहरूलाई निकालेको थियो । सो घटनाको तीव्र आलोचना भइरहेको छ भने घटनापछि नेपाल सरकारले कानुनी कारबाहीका लागि कूटनीतिक पहल भइरहेको जनाएको छ । 

    476778290_839055488349803_1955425301012645391_n-(1)_oteQ1D9eIT.jpg

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरद्वारा जिम्मेवारी ग्रहण, शासकीय सुधार र सहकार्यमा जोड

    देउखुरी । लुम्बिनी प्रदेशका नवनियुक्त प्रमुख सचिव विनोदबहादुर कुँवरले बुधबार आफ्नो जिम्मेवारी सम्हालेका छन्। नेपाल

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend