Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेपालले प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि निर्माण गरेको छ : सभापति देउवा


७, फागुन २०८१
  • 158
    SHARES
  • नेपालले प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि निर्माण गरेको छ : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै नेपाललाई आर्थिक रूपले समृद्ध मुलुकमा रूपान्तरण गर्न सक्यौं भने मात्र लोकतान्त्रिक आन्दोलनमा बलिदानी दिने शहिदहरूप्रति सच्चा सम्मान प्रकट गरेको ठहर्ने बताएका छन् ।

    ७५औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सो कुरा बताएका हुन् । ‘ऐतिहासिक जन क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको थियो । फाल्गुण ७ को यो ऐतिहासिक दिनले देशमा केवल प्रजातन्त्र मात्र स्थापित गरेन, आर्थिक,सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक आदि हरेक क्षेत्रमा यसले आमूल रूपमा अग्रगामी परिवर्तन ल्यायो’ देउवाले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।

    देउवाले प्रजातन्त्त स्थापना भएकै दिनबाट नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट बाहिर आएर नयाँ युगमा प्रवेश गरेको र नेपालले प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि निर्माण गरेको बताएका छन ।

    यस्तो छ प्रजातन्त्र दिवसमा देउवाले जारी गरेको शुभकामना सन्देश

    राष्ट्रिय प्रजातन्त्र दिवसको
    शुभकामना
    फाल्गुण ७, २०८१
    आज फाल्गुण ७ गते- नेपाली जन-संघर्षको इतिहासको एक अवस्मरणीय दिन । नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा म समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

    वि.सं. २००७ को कार्त्तिक २६ देखि प्रारम्भ गरिएको ऐतिहासिक जन क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको थियो । फाल्गुण ७ को यो ऐतिहासिक दिनले देशमा केवल प्रजातन्त्र मात्र स्थापित गरेन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक आदि हरेक क्षेत्रमा यसले आमूल रूपमा अग्रगामी परिवर्तन ल्यायो ।

    यसले जात-जाति, धर्म, लिङ्ग वा वर्गको आधारमा हुने भेदभाव हटाएर शोषण रहित समाज निर्माणमा मुलुकलाई अग्रसर गरायो । यसै दिनदेखि नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट बाहिर आएर नयाँ युगमा प्रवेश गयो र नेपालले प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि निर्माण गन्यो । त्यसैले नेपालमा प्रजातन्त्र र राष्ट्रियता एक अर्काका परिपूरक भएर रहेका छन् ।

    राष्ट्रिय स्वाधिनता र नागरिक अधिकारका लागि पटक-पटक भएका क्रान्ति, संघर्ष र आन्दोलनहरूमा अनेकौं सपुतहरूले लोकतन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेका छन् । नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै नेपाललाई आर्थिक रूपले समृद्ध मुलुकमा रूपान्तरण गर्न सक्यौं भने मात्र लोकतान्त्रिक आन्दोलनमा बलिदानी दिनु हुने शहिदहरूप्रति सच्चा सम्मान प्रकट गरेको ठहर्छ भन्ने मैले ठानेको छु ।

    यो ऐतिहासिक दिनमा म ती सम्पूर्ण शहीदहरूको त्याग र वलिदानको संस्मरण गर्दछु र उहाँहरूलाई श्रद्धाञ्जली अर्पण गर्दछु । जय नेपाल !

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend