Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

ओलीपछि निधिले भने : संविधान संशोधन ०८७ मा, अहिले दुई तिहाइ पुग्दैन


७, फागुन २०८१
  • 178
    SHARES
  • ओलीपछि निधिले भने : संविधान संशोधन ०८७ मा, अहिले दुई तिहाइ पुग्दैन

    काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले संविधान संशोधन २०८७ मा हुने बताएका छन् ।

    आज (बुधबार) पार्टीनिकट नेपाल प्रजातन्त्र सेनानी संघको दोस्रो महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले १० वर्षको अनुभवको आधारमा संविधानमा संशोधन र परिमार्जन आवश्यक भएपनि अहिले संख्या नपुग्ने बताएका हुन् ।

    उनले भने, ‘संविधान संशोधन गर्ने हामीले सम्झौता गरेका छौं । सम्झौता गरेपनि नगरेपनि नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली हामीले ल्याएका छौं । त्यो प्रणाली सर्वोत्त्तम लोकतान्त्रिक प्रणाली हो । १० वर्षको अनुभवको आधारमा संविधानको संशोधन गर्न आवश्यक छ । यसको नेतृत्व नेपाली कांग्रेसले गर्नु आवश्यक छ । २०८७ मा होला । अहिले दुई तिहाइ पुग्दैन, संख्या हुँदैन ।’

    नेता निधिले सात वटा प्रदेश भनिएपनि प्रदेशसँग प्रहरी संगठन नरहेको र आफ्नै निजामति कर्मचारी नरहेको लगायतका समस्याहरु राखे । उनले संविधान संशोधन गरी संघीयताको मर्मअनुसार कांग्रेसले आवश्यक सुधारको नेतृत्व गर्नुपर्ने बताए ।

    उनले अबको सत्ताको नेतृत्व कुनै पनि कम्युनिष्ट पार्टीले लिन नसक्ने दाबीसमेत गरे । कांग्रेसमात्रै लोकतान्त्रिक शक्ति रहेको उनको दाबी छ । ‘अब सत्ता कम्युनिष्टहरुले लिँदैन । कुनै पनि कम्युनिष्ट पार्टीहरुले लिँदैन, निर्दलवादी पार्टीले लिँदैन, एकदलवादी पार्टीले लिँदैन, क्षेत्रीय पार्टीले लिँदैन । नेपाली कांग्रेसमात्रै लोकतान्त्रिक पार्टी हो,’– उनले भने ।

    कांग्रेस–एमालेसहितको वर्तमान सत्ता गठबन्धन बन्दा संविधान संशोधनको एजेण्डालाई सबैभन्दा बढी महत्वपूर्ण रुपमा उठाइएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले ०८७ सालअघि संविधान संशोधन हुन नसक्ने अभिव्यक्ति दिइसकेका छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend