Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस पूर्ण समावेशी छ : सभापति देउवा


७, फागुन २०८१
  • 222
    SHARES
  • कांग्रेस पूर्ण समावेशी छ : सभापति देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पूर्णरूपमा समावेशी भएको बताएका छन् ।

    पार्टीको भ्रातृसंस्था प्रजातन्त्र सेनानी संघको महाधिवेशन पार्टी कार्यालय सानेपामा बुधबार उदघाटन गर्दै सभापति देउवाले पार्टी मात्रै होइन मुलुक नै समावेशिताको मामलामा सबैभन्दा अगाडि रहेको बताए ।

    ‘नेपाली कांग्रेस पूर्णरूपमा समावेशी पार्टी हो,’ देउवाले भने, ‘हाम्रो पार्टीमात्र होइन, मुलुक पनि समावेशिताको मामलामा सबैभन्दा अगाडि छ । हामीले मुलुकमा आन्दोलनका माध्यमबाट समावेशी लोकतन्त्र प्राप्त गरेका छौँ ।’

    कांग्रेसले नै नेपालमा सबैभन्दा पहिला पार्टीमा ३३ प्रतिशत महिलाको आरक्षणको व्यवस्था गरेको बताए । यो व्यवस्था संसारका कमै देशमा भएको उनको भनाइ थियो ।

    आरक्षणबारे थप खुलाउँदै देउवाले भने, ‘हाम्रोमा आदिवासी जनजाती, मधेसी, थारु सबैको आरक्षण छ हाम्रो संविधानमा । हाम्रो पार्टी पनि त्यसै आधारमा बसेको छ । हाम्रो पार्टी पूरा समावेशी छ । हाम्रो संविधान पूरा समावेशी छ । हाम्रो देश नै पूरा समावेशी छ ।’

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend