काठमाडौँ । संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन पेश भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेको अनुमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१) पेस गरेका हुन ।