Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

स्ववियु चुनावका लागि कांग्रेसले तोक्यो सातै प्रदेशमा चुनावी कमाण्डर


१८, फागुन २०८१
  • 180
    SHARES
  • स्ववियु चुनावका लागि कांग्रेसले तोक्यो सातै प्रदेशमा चुनावी कमाण्डर

    काठमाडौं । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावका लागि सत्तारुढ दल नेपाली कांग्रेसले सातै प्रदेशमा चुनावी कमाण्डर तोकेको छ ।

    कांग्रेसले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघबाट उम्मेदवार बन्नेहरुलाई जिताउनका लागि सातै प्रदेशमा कमाण्डर खटाएको हो । चार प्रदेशमा पदाधिकारी र तीन प्रदेशमा कांग्रेसले केन्द्रीय सदस्यलाई चुनावी कमाण्डर तोकेको छ ।

    कांग्रेसले सहमहामन्त्रीहरूमा भीष्मराज आङ्देम्बेलाई कोशी, महेन्द्र यादवलाई मधेस, महालक्ष्मी उपाध्याय ‘डिना’लाई बागमती, जीवन परियारलाई गण्डकी तोकिएको छ । साथै, लुम्बिनीमा नेताहरू चन्द्र भण्डारी, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई खटाइएको छ ।

    कांग्रेसले चुनावको संयोजन तथा व्यवस्थापनका लागि केन्द्रमा महामन्त्री विश्वप्रकाश शर्मा र पार्टी कार्यालयमा संयोजनका लागि नानु बास्तोलालाई जिम्मा दिएको छ ।

    महामन्त्री शर्माले स्ववियु चुनावलाई ध्यानमा राखेर पार्टीबाट आवश्यक सहजीकरण गर्नका लागि ७ प्रदेश र ७७ जिल्लामा सर्कुलर गरेका छन् । प्रदेशलाई ७ र जिल्लालाई ११ बुँदे सर्कुलर गरिएको छ । प्रदेश र जिल्ला पार्टी संरचनाले गर्नुपर्ने कार्यहरु उल्लेख गरी सर्कुलर पठाइएको छ ।

    सर्कुलरमा नेविसंघलाई जिताउन पार्टीले गर्नुपर्ने आन्तरिक कार्य, भ्रातृ संस्था परिचालन, दुई दलीय संयन्त्रको बैठक, हरेक क्याम्पसमा लागि टीम निर्माण, अनुगमन, फरक फरक जिम्मेवारी लगायतका विषय समेटिएको छ ।

    आगामी चैत ५ गते देशभरका क्याम्पसमा स्ववियु चुनाव हुँदैछ । आंगिकतर्फ ६२ तथा १ हजार ४० सम्बन्धन प्राप्त कलेजमा चुनाव हुँदैछ । ०७९ सालमा उपत्यकाका रत्नराज्य लक्ष्मीसहितका केही ठूला क्याम्पसमा विद्यार्थीको झगडाका कारण चुनाव हुन सकेको थिएन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend