Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अहिलेको सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छ : प्रचण्ड


२०, फागुन २०८१
  • 148
    SHARES
  • अहिलेको सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छ : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार जति टिक्छ, त्यति नै धैरै फाइदा आफ्नो पार्टीलाई हुने बताएका छन् । उनले अहिलेको यस्तो परिस्थितिमा आफूहरु सरकार बदल्ने कुनै खेलमा नरहेको स्पष्ट पारे ।

    कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले वर्तमान सरकार फेरबदलतिर आफूहरुको चासो नरहेको र माओवादी जनतातिरै ठीक रहेको बताएका हुन् ।

    वर्तमान सरकारको आयुबारे सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा उनले भने, ‘अब सरकारको आयुको बारेमा, जनतामा आम रुपमा असन्तुष्टि छ, तपाईँहरुले पनि देखिराख्नु भएकै छ । नेपाली कांग्रेस, एमालेभित्रै पनि उकुसमुकुसको स्थिति छ । तर, अहिले आयु नतोकौं । हामी त के भनिराखेका छौं भने– बसी राखोस् यो सरकार, जति बस्छ, त्यति माओवादीलाई फाइदा हुन्छ । त्यस भएको हुनाले हामीले आयु तोकेर हटाउनेतिर भन्दा बसिराखोस् । उनीहरुले जे गरेका छन्, गलत गरेका छन् । जनताले त्यो कुरा बुझिराखेका छन् । त्यसकारण हामीलाई त्यति साह्रो त्यतातिर चासो छैन, हामी जनतातिरै ठीक छौं ।’

    साथै, सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको भनेर आफूहरुले सुरुदेखि नै भन्दै आएको स्मरण गराउँदै उनले उक्त कुरा क्रियाकलापहरुले पुष्टि गर्दै आएको बताए । अध्यक्ष प्रचण्डले तथाकथित दुई तिहाईको राग अलाप्ने सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास रहेको टिप्पणी गरे । उनले अध्यादेश पास हुने अवस्था नरहेको समेत बताए । ‘केही अध्यादेश त पास नहुने दिशातिर गइ नै सके । बाँकी पनि पास हुन्छन् जस्तो लाग्दैन, भए पनि यसबाट जनतालाई केही फाइदा हुँदैन,’– उनले भने ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend