Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गैर आवासीय मधेशी संघ युएईको अध्यक्षमा अन्सारी


२४, फागुन २०८१
  • 94
    SHARES
  • गैर आवासीय मधेशी संघ युएईको अध्यक्षमा अन्सारी

    युएई । विश्वभर छरिएर रहेका मधेसीहरूको छाता सङ्गठन अन्तर्राष्ट्रिय गैर आवासीय मधेसी संघ (एनआरएमए) युएई शाखाको पाँचौँ महाधिवेशन सम्पन्न भएको छ ।

    शुक्रवार सम्पन्न पाँचौँ महाधिवेशनबाट सदाम अंसारीको अध्यक्षतामा २० सदस्यीय युएई समिति नयाँ कार्य समिति चयन भएको हो ।

    नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शम्भु महारा, उपाध्यक्षमा शिव दयाल चौधरी, मनोज कुमार साह, प्रमोद राम चुनिएका छन्। यसैगरी महासचिवमा सुनिल मण्डल, सचिवमा महेश्वर यादव, कोषाध्यक्षमा श्याम साह, सह(कोषाध्य प्रमोद साह, मिडिया कोर्डिनेटरमा प्रमोद पासवानलाई चयन गरिएको छ ।

    सदस्यहरूमा लक्ष्मी साह, जितेश चौधरी, धर्मेन्द्र साह, उपेन्द्र राउत, रवी पटेल, रविन्द्र दास, राम नारायण यादव, सत्य नारायण साह, अवधेश मिश्र, उदाय साहलाई चयन गरिएको छ ।

    बैठकले तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा वरिष्ठ सल्लाहकार ई। संजय कुमार कर्ण, सल्लाहकार जग नारायण मण्डल, हेमु कर्ण रहेका छन् । मधेसी समुदायलाई सङ्गठित गर्दै मधेस र मधेसीको हकहितमा काम गर्ने छाता संगठनको रूपमा गैर आवासीय मधेसी संघ अन्तर्राष्ट्रिय समितिको स्थापना ८ सेप्टेम्बर २०१० मा भएको हो ।

    गैर आवासीय मधेसी संघ ४४ वटा देशमा फैलिएको छ भने यस संगठनमा २ लाख भन्दा बढ़ी सदस्य रहेका छन्। युएई मलेसिया, कतार , साउदी अरब, कुवेत, भारत र मध्यपूर्वका देशहरुमा एनआरएमएका सदस्यहरुको बाक्लो उपस्थिति रहेको छ ।

    बिदेशी भूमिमा पनि गैर आवासीय मधेसी संघ एउटा सशक्त, सङ्गठित र प्रभावकारी संगठनको रूपमा देखिएको छ । संगठनले आगामी दिनहरुमा मधेशमा आमूल सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनका साथ अगाडि बढ्दै गरेको युएई समितिको अध्यक्ष सदाम अंसारीले बताए ।

    कार्यक्रमको उद्घाटन शत्रमा प्रमुख अतिथिको रुपमा जनमत पार्टीका अध्यक्ष डा सिके राउतको सहभागिता रहेको थियो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend