Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रवि लामिछानेले कस्तो रिभोलुसन चाहेका हुन ? गणतन्त्रको रक्षा कि राजसंस्था पुनर्स्थापना ?


१०, चैत २०८१
  • 123
    SHARES
  • रवि लामिछानेले कस्तो रिभोलुसन चाहेका हुन ? गणतन्त्रको रक्षा कि राजसंस्था पुनर्स्थापना ?

    काठमाडौं । सहकारीको रकम अपचलनमा विभिन्न अदालतमा मुद्दा खेपिरहेका र हाल धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछाने लामो समयदेखि मौन थिए ।

    तर, देशमा राजा फर्काउने स्वर सुनिन थालेपछि र राजावादीहरु सडकमा उत्रिन थालेपछि भने लामिछानेले पनि मुख खोल्न थालेका छन् । यसअघि बुटवलमा पूनरावेदनको लागि जाँदापनि लामिछानेले आफूले बोल्ने समय नजिक आएको बताएका थिए ।

    बुटवलबाट काठमाडौं फर्किएका लामिछाने जिल्ला अदालत काठमाडौंको निर्णयविरुद्ध उच्च अदालत गएका थिए । उनलाई काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । त्यस निर्णयविरूद्ध लामिछानेले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए ।

    गत शुक्रबार उच्च अदालत पाटन पुगेर उनले ६० लाख धरौटी माग्ने निर्णय बदरको माग गर्दै निवेदन दर्ता गराएका छन् । उक्त निवेदन दर्ता गराएर बाहिरिने क्रममा भने उनले आफ्नो बोल्ने समय अझै नआईसकेको भन्दै धेरै कुरा बोले । उनले आफूले बोल्नेबित्तिकै अहिलेको दुई तिहाई बहुमतको शक्तिशाली सरकारलाई पनि अप्ठ्यारो पर्ने चूनौति दिएका थिए ।

    उनले देशमा अब नयाँ क्रान्तिको खाँचो औंल्याए । त्यसको लागि तयार रहन युवा पुस्तालाई आह्वानसमेत गरेका छन् । कतिपयले लामिछाने राजा फर्काउने तयारीमा लागेको भनेर पनि सामाजिक सञ्जालमा टिप्पणी गर्न थालेका छन् । रास्वपा स्वयम अहिले राजावादीहरुको आन्दोलनप्रति मौन देखिएको छ ।

    आम कार्यकर्ता पँक्तिले नेतृत्वलाई पार्टीको लाईन के हो भनेर प्रष्ट पार्न भनिरहेका छन् । तर, नेतृत्वले अहिलेसम्म मुख खोलेको छैन् । कुनै समय रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले राजा चाहिन्छ भन्नेहरुलाई रास्वपा छोड्न भनेका थिए । के वाग्लेले भनेझैं अहिलेपनि मूल नेतृत्व (रवि लामिछाने) हरु व्यवस्थाकै पक्षमा छन् त ? छन भने अहिलेसम्म किन बोल्दैनन ? भन्ने प्रश्नपनि उठ्न थालेको छ । लामिछानेले छिट्टै आफ्नो धारणा सार्वजनिक गर्ने भनिसकेका छन् ।

    उनको मुखबाट नसुनिकन अब रास्वपा कुन लाईनमा जान्छ भन्ने कुरा एकिन गर्न सकिने अवस्था छैन । यद्धपी अधिकांश सांसदहरुले अहिलेको व्यवस्थाको विकल्प खोज्ने कुरा गर्न नहुने भनेर आफ्नो मत राखिरहेका छन् । तर, सभापति लामिछानेले नै नयाँ क्रान्ति (रिभोलुसन) को कुरा गरेकोले कस्तो क्रान्ति र त्यो क्रान्ति के को लागि भन्नेबारे शीर्ष नेताहरु नै यतिवेला अन्यौलमा रहेको बताईन्छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend