Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

राष्ट्रिय सभाबाट सहकारीसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत


१०, चैत २०८१
  • 135
    SHARES
  • राष्ट्रिय सभाबाट सहकारीसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    काठमाडौँ । राष्ट्रिय सभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

    आइतबार बसेको राष्ट्रिय सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकउपर बैठकमा छलफल भएपछि बहुमतबाट स्वीकृत गरेको हो ।

    त्यसअघि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सहकारी मन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यका साथ विधेयक ल्याइएको बताए ।

    सहकारी पीडितहरूले समेत लामो समयदेखि आन्दोलन गरिरहेको अवस्थामा सबैलाई सम्बोधन गर्नका लागि कानुन आवश्यक रहेकाले विधेयक आवश्यक परेको उनको भनाई थियो ।

    मन्त्री अधिकारीले तत्कालका समस्या समाधान गर्न विधेयक ल्याएको भन्दै यसमा रहेका अपूर्ण विषयहरूलाई सम्बोधन पूर्ण बनाउने प्रतिबद्धता जनाए । उनले सहकारी क्षेत्रका समस्या समाधान गर्नुपर्छ भन्नेमा सरकार गम्भीर रहेको बताए ।

    त्यसअघि छलफलमा भाग लिँदै सदस्यहरूले पूर्णरुपमा छलफल गरेर विधेयक आउन सके उचित हुने धारणा राखेका थिए । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend