Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूरापूर सहयोग छ : सभापति देउवा


१२, चैत २०८१
  • 192
    SHARES
  • प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूरापूर सहयोग छ : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको तर्फबाट पूरापूर सहयोग रहेको बताएका छन् ।

    आज (मंगलबार) सुजाता कोइरालाद्वारा लिखित ‘म र सानोबुबा’ आत्मकथा विमोचन समारोहलाई सम्बोधन गर्दै उनले ओली नेतृत्वको सरकारलाई कांग्रेसको पूरापूर सहयोग रहेको र राम्रोसँग अगाडि जानेमा दुईमत नरहेको बताएका हुन् ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले ओली र आफू विगतमा संगै जेल बसेको पनि स्मरण गरे । उनले ओली र आफूबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको पनि सुनाए ।

    ‘अहिले ओलीजी र कांग्रेस पार्टीको बीचमा सहमति भएको छ । हामी जेलमा संगै बसेको, जेलभित्र पनि जेल । सेन्टर जेलमा गोलघर भन्ने ठाउँ छ । जेलभित्र पनि जेलमा राखिएको थियो । हाम्रो राजनीति आफ्नो–आफ्नो ठाउँमा छ । हामीबीचको सम्बन्ध राम्रोसँग गइराखेको छ । राम्रो भएर अगाडि जाने दुइमत छैन । कांग्रेसबाट पूरापूर सपोर्ट छ,’– सभापति देउवाले भने ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend