Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्रीलाई देउवाको निर्देशनः ‘शिक्षकहरुको माग तत्काल सम्बोधन गर्नु’


२२, चैत २०८१
  • 129
    SHARES
  • कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्रीलाई देउवाको निर्देशनः ‘शिक्षकहरुको माग तत्काल सम्बोधन गर्नु’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकलाई शिक्षकहरुको माग तत्काल पूरा गर्न निर्देशन दिएका छन् ।

    शिक्षकहरु यसरी सडकमा उत्रिएर प्रदर्शन गर्दा राम्रो सन्देश नजाने भन्दै सभापति देउवाले कार्यवाहक प्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई शिक्षक र विद्यालय कर्मचारीका प्रतिनिधिहरुसँग वार्ता गरी उनीहरुको माग सम्बोधन गर्न भनेका हुन् ।

    ‘सभापतिज्यू शिक्षकहरुको माग, मुद्दा र आन्दोलनप्रति संवेदनशील हुनुहुन्छ । उहाँले आज कार्यवाहक प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूलाई शिक्षकहरुको माग तत्काल पूरा गर्न निर्देशनसमेत दिनुभएको छ ।

    शिक्षकहरु सडकमा आउनुपर्ने परिस्थिति निर्माण हुनुले राम्रो संकेत नगर्ने भन्दै उहाँले निर्देशन दिनुभएको हो,’– बुढानीलकण्ठ स्रोतले भन्यो ।

    विगतमा भएका सहमति र सम्झौता अक्षरस पालना गर्दै तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न दवाब दिन गत बुधबारदेखि शिक्षकहरु काठमाडौं केन्द्रीत सडक प्रदर्शनमा छन् । उनीहरुले तीन दिनदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक र विद्यालय कर्मचारीका प्रतिनिधिहरुलाई वार्तामा बस्न आह्वान समेत गरिसकेको छ । तर, शिक्षकहरु यस पटक वार्तामा बसेर उधारो सहमति नगर्ने पक्षमा छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend