Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मोदीसँगको भेटपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया: ‘भेटवार्ता सार्थक र सकारात्मक’


२२, चैत २०८१
  • 170
    SHARES
  • मोदीसँगको भेटपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया: ‘भेटवार्ता सार्थक र सकारात्मक’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता सार्थक र सकारात्मक भएको बताएका छन् ।

    ओली–मोदीबीच शुक्रबार बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनपछि साइडलाइन वार्ता भएको थियो ।

    भेटवार्तापछि प्रधानमन्त्री ओलीले मोदीसँग आत्मीय र सौहार्दपूर्ण भेट भएको बताएका छन् । उक्त भेटवार्तालाई ओलीले ‘आत्मीय भेटवार्ता’ को संज्ञा दिँदै खुसी व्यक्त गरेका छन् ।

    ‘‘मेरा प्रिय मित्र, प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो। हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो। यस आत्मीय भेटवार्ताप्रति म खुसी व्यक्त गर्दछु,’– सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत प्रधानमन्त्री ओलीले भनेका छन् ।

    थाइल्यान्डको बैंककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच करिब ४५ मिनेट भेटवार्ता भएको बताइएको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend