Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

भारत-पाकिस्तानबीच विकसित घट्नाक्रमबारे सुरक्षा परिषद् बैठकमा समीक्षा


२५, वैशाख २०८२
  • 126
    SHARES
  • भारत-पाकिस्तानबीच विकसित घट्नाक्रमबारे सुरक्षा परिषद् बैठकमा समीक्षा

    काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा विद्यमान अन्तरराष्ट्रिय परिस्थिति तथा हालै विकसित भारत–पाकिस्तानबीच भएको घटनाक्रमबाट नेपालमा पर्नसक्ने विविध सुरक्षा चुनौती तथा असरहरुको सम्बन्धमा समीक्षा गरिएको छ ।

    राष्ट्रिय सुरक्षा परिषद्को बुधबार बसेको बैठकमा सो घटनाक्रमबाट उत्पन्न हुनसक्ने परिस्थितिको सुक्ष्म विश्लेषण गरी आगामी दिनमा आइपर्ने परिस्थितिको सामना गर्न उपयुक्त रणनीति अपनाउने सम्बन्धमा छलफल भएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य–सचिव रामेश्वर दङ्गालले जानकारी दिए ।

    सिंहदरबारस्थित परिषद्को सचिवालयमा प्रधानमन्त्री एवम् परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको परिषद्को ३८औँ बैठकमा परिषद्का सदस्य उपप्रधानमन्त्री तथा अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री, मुख्यसचिव, प्रधान सेनापति र रक्षासचिवको सहभागी थिए । - रासस

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend