Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

राजावादीहरुले आगामी जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन गर्ने


२५, वैशाख २०८२
  • 134
    SHARES
  • राजावादीहरुले आगामी जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन गर्ने

    काठमाडौं । राजसंस्था पुनर्स्थापनाको लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र पूर्णरुपमा असफल भइसकेको बताएका छन् ।

    आज (बिहीबार) राजावादी समूहरुले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान व्यवस्थाले आर्थिक, सामाजिक र सांस्कृतिक संकट, विवाद र द्वन्द्वको अवस्था सिर्जना गरेको दाबी गरे ।

    संयोजक सुवेदीले नेपाल अहिले गम्भीर आर्थिक संकटको संघारमा आइपुगेको पनि बताए । ‘२०७२ साल असोजमा जारी गरिएको संविधानले स्थापना गरेको संघीय, धर्मनिरपेक्ष गणतन्त्र पूर्ण रुपमा असफल प्रमाणित भएको छ,’– उनले भने ।

    पूर्वमन्त्री, तत्कालीन राष्ट्रिय पञ्चायतका पूर्व अध्ययसमेत रहेका सुवेदीले राजसंस्था पुनर्स्थापनको लागि आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणासमेत गरे ।

    संयुक्त जनआन्दोलन परिचालन समितिको नेतृत्वमा हुने उक्त आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल), नेपाली कांग्रेस विपी, शिवसेना नेपाल, नेपाल प्रागिक मञ्चलगायतका राष्ट्रवादी दल र शक्तिहरुको समर्थन रहेको बताइएको छ ।

    जनताको प्रत्यक्ष अभिमतविना नै बाह्य शक्तिहरुको प्रभाव र उग्र वामपन्थी माओवादीको दवाबमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता लादिएको उनको आरोप छ । लोकतन्त्रको आवरणमा दलका सीमित नेताहरुले सिन्डिकेट खडा गरेर देशमा ब्रम्हलुट मच्चाइरहेको उनको आरोप छ ।

    राज्यका सबै निकाय र संरचनाहरु पनि पार्टीकरण भएको र कानुनी राज्यको उपहास भइरहेको उनको आरोप छ । जनताको मुक्तिको निम्ति लडेको भन्ने नेताहरु भ्रष्टाचारमा चु्र्लुम्म डुबिसकेको दाबी गर्दै सुवेदीले धर्मान्तरणको डढेलो देशको सबै भागमा डरलाग्दो तरिकाले फैलिरहेको बताए ।

    ‘विद्यामान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देश र जनतालाई मुक्त तुल्याउनु वर्तमान समयको मूख्य अभिभारा हो । जनताको अवस्था परिवर्तन गर्न व्यवस्था परिवर्तन अनिवार्य हुन गएको छ,’– उनले भने ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend