Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगले पायो पूर्णता, अध्यक्षमा थापा र गड्तौला नियुक्त


१, जेठ २०८२
  • 146
    SHARES
  • संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगले पायो पूर्णता, अध्यक्षमा थापा र गड्तौला नियुक्त

    काठमाडौँ । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगलाई पूर्णता दिएको छ ।

    सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेशकुमार थापा (संखुवासभा) नियुक्त भएका छन् ।  आयोगका सदस्यहरूमा अच्युतप्रसाद भण्डारी (जाजरकोट), डा.टीकाप्रसाद ढकाल (पाँचथर), पदमबहादुर शाही (जुम्ला) र कुमारी कौशल्या ओझा (कञ्चनपुर) रहेका छन् ।

    यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा पूर्वमुख्यसचिव लिलादेवी गड्तौला नियुक्त भएकी छिन् । यस आयोगका सदस्यहरूमा गोपाल नाथ योगी (सल्यान), अग्नीप्रसाद थपलिया (झापा), सृजना पोख्रेल (काठमाडौँ) र बिनिता नेपाली (कास्की) रहेका छन् । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिको सिफारिसलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको हो ।

    यसैगरी, सरकारले गभर्नर सिफारिस समितिको पुनर्गठन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहेको समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डेलाई सदस्य बनाएर पुनर्गठन गरेको बैठकपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । डा. विश्व पौडेलको राजीनामापछि पुनर्गठन गरिएको यो समितिबाट यसअघि डा. विजयनाथ भट्टराईले पनि राजीनामा दिएका थिए ।

    साथै, मन्त्रिपरिषद्ले सहसचिव शोभाकान्त पौडेललाई सचिवमा बढुवा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह ५८ वर्षे उमेरहदका कारण गत बुधबार अनिवार्य अवकाशमा गएपछि रिक्त सचिव पदमा पौडेललाई बढुवा गरिएको एक मन्त्रीले जानकारी दिए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend