Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

टेरामक्स खरिद घोटला प्रकरण : मोहन बस्नेतविरुद्ध १७ वर्ष कैद सजाय मागदाबी


१, जेठ २०८२
  • 107
    SHARES
  • टेरामक्स खरिद घोटला प्रकरण : मोहन बस्नेतविरुद्ध १७ वर्ष कैद सजाय मागदाबी

    काठमाडौँ । पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अनुसन्धानले १७ वर्ष कैद सजाय दाबी गरेको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार एक सय ८२ रुपैयाँ भ्रष्टाचार भएको भन्दै सो बराबरको बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

    अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १(ज) अनुसार सजाय माग गरेको छ । सो दफामा एक करोडभन्दा धेरै बिगो भएको मुद्दामा १० देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान छ ।

    त्यस्तै, उनीविरुद्ध दफा २४ को अभियोग पनि लिइएको छ । जसमा राष्ट्रपतिबाट नियुक्त हुने पदाधिकारीलाई थप तीन वर्ष कैद सजाय हुने प्रावधान छ ।

    जसअनुसार उनीविरुद्ध तीन अर्ब २१ करोड जरिवाना १७ वर्षसम्म कैद सजाय माग गरिएको छ । उनीसहित १६ जनाविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।

    उता भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको छ । 

     

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend