Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस सांसद बजगाईँले मागे मन्त्रीद्वय लेखक र पाण्डेको राजीनामा


११, जेठ २०८२
  • 121
    SHARES
  • कांग्रेस सांसद बजगाईँले मागे मन्त्रीद्वय लेखक र पाण्डेको राजीनामा

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र बजागाईँले गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको राजीनामा माग गरेका छन् ।

    पार्टी सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै उनले विभिन्न भ्रष्टाचारको प्रकरणमा मुछिएको भन्दै मन्त्रीद्वयको राजीनामा माग गरेका हुन् । गृह मन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाइसकेको अवस्थामा उनी गम्भीर नैतिक संकटमा परिसकेको नेता बजगाईँको जिकिर छ ।

    ‘गृहमन्त्री रमेश लेखक (माननीय रमेश लेखकको भद्रता सम्झदा यो होईंन होला भन्ने एउटा मनको छेउमा लागिरहेकै भएतापनि) को सचिवालय नै मानव तस्करी र आप्रवासन दुरुपयोगमा संलग्न देखिएको छ भनिएको छ । जुन राज्यको सबैभन्दा संवेदनशील निकायहरूमध्ये एकमा देखिएको गम्भीर संकट हो। यस्तोमा गृहमन्त्रीको नैतिक जिम्मेवारी उठ्नुपर्ने हो। यो गृह मन्त्रालयको नेतृत्व मात्र होईन गृह मन्त्रालय संरचनाप्रतिको कानूनी प्रश्न हो,’– उनले भनेका छन् ।

    त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले देशको पर्यटन क्षेत्रलाई नै तहसनहस बनाएको उनको आरोप छ । नेता बजगाईँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तस्करहरूको केन्द्र बनेकोसमेत दाबी गरेका छन् । विमानस्थलभित्र रहेका दुकान, सेवा प्रदायक, लोडर, क्लिनिङ कम्पनी तथा अन्य धेरै आउटसोर्स कम्पनीका सञ्चालकहरू नै सुन र विदेशी मुद्रा तस्करीमा संलग्न रहेको प्रमाणित भइसकेका मानिसहरूको एप्रोन र जहाजसम्मै पहुँच रहेको उनको दाबी छ ।

    बिमानस्थलको ब्याजेज बेल्टदेखि प्रस्थान क्षेत्र, ग्रीन च्यानल लाइन, भन्सारदेखि कर्मचारीहरूबीचको समन्वय सबै क्षेत्र चरम अस्तव्यस्त रहेको, विदेशी पाहुनाले नेपाल टेकेकै दिन अव्यवस्था, दुर्गन्ध, ढिलाइ र गैरजिम्मेवार व्यवहार भोग्नुपरिरहेको उनको आरोप छ ।

    साथै, मन्त्री पाण्डे चिनियाँ सांस्कृतिक प्रभाव विस्तारमा लागिरहेको उनको अर्को गम्भीर आरोप छ । मन्त्री पाण्डेले पञ्चेन लामालाई नेपाल निमन्त्रणा गरी नेपाली पर्यटन क्षेत्रमा चिनियाँ सांस्कृतिक उपनिवेशवाद प्रवर्धन गर्ने गतिविधिहरूलाई सहयोग गरेको र त्यो नेपालको स्वतन्त्रतामाथिको घात रहेको उनको दाबी छ । उनले मन्त्रीद्वय लेखक र पाण्डेको बर्खास्तीको माग गरेका छन् ।

    ‘यस पटक मेरो भनाइ स्पष्ट छ — गम्भीर रूपमा असफल भएका, वा नियतवस र लोभले पार्टीको छवि बिगार्ने कार्यमा संलग्न मन्त्रीहरूलाई तुरुन्त बर्खास्त गरिनुपर्छ । यसभित्र एकाध मन्त्री थपिएलान्, एकाध पार्टीलाई थप उचाईमा उठाउने पनि होलान्। प्रसंशा र बर्खास्तीसंग़ै होस। यसो नगरेमा पार्टीले आफ्नो नैतिक धरातल गुमाउनेछ,’– उनले भनेका छन्, …‘पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न, विवादास्पद, भ्रष्टाचारमा मुछिएका, वा कार्यक्षमतामा पूर्ण असफल मन्त्रीहरूलाई तुरुन्त बर्खास्त गरियोस्।’

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend