वासिङ्टन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलबीचको लामो समयदेखि चल्दै आएको विवाद फेरि चर्किएको छ। ट्रम्पले पावेलमाथि तीव्र आरोप लगाउँदै तुरुन्तै राजीनामा दिन चेतावनी दिएका छन् भने पावेलले पनि आफूमाथि दबाब नमान्ने स्पष्ट अडान दोहोर्याएका छन् ।
ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ' मा लेख्दै पावेललाई "तुरुन्तै राजीनामा देऊ" भन्दै अमेरिकी संसदलाई फेडरल रिजर्भमाथि अनुसन्धान सुरु गर्न आग्रह गरेका छन् । उनले पावेलमाथि राजनीतिक पूर्वाग्रह राखेर निर्णय लिने र वैंकिङ प्रणालीलाई कमजोर बनाएको आरोप समेत लगाएका छन् ।
ट्रम्प र पावेलबीचको यो द्वन्द्व ट्रम्पको पहिलो कार्यकालदेखि नै शुरू भएको थियो । ट्रम्पले पावेलले अर्थतन्त्रलाई सघाउने निर्णय गर्नुभन्दा पनि बाधा पुर्याउने काम गरिरहेको आरोप लगाउँदै आएका छन् । मुख्यतः फेडरल रिजर्भले तोकेको ४.२५ देखि ४.५ प्रतिशतको ब्याजदर घटाउन ट्रम्पले निरन्तर दवाव दिँदै आएका छन् ।