Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रुसको कमचटका नजिक ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको उच्च जोखिम


१४, साउन २०८२
  • 159
    SHARES
  • रुसको कमचटका नजिक ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको उच्च जोखिम

    काठमाडौं । रुसको पूर्वी तटीय क्षेत्र कमचटका प्रायद्वीप नजिक ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वे (यूएसजिएस) का अनुसार भूकम्पको केन्द्र पेट्रोपावलोव्स्कबाट करिब १३७ किलोमिटर पूर्व र सतहदेखि १९ किलोमिटर गहिराइमा रहेको छ ।

    भूकम्पपछि प्रशान्त महासागरको तटीय क्षेत्रलाई लक्षित गर्दै जापान, रुस तथा अलास्कामा खतरनाक सुनामीको चेतावनी जारी गरिएको छ। यूएसजिएसका अनुसार आगामी तीन घण्टाभित्र ती क्षेत्रमा सुनामीको जोखिम उच्च छ ।

    जापानको मौसम विज्ञान एजेन्सीले पनि ३.३ फिटसम्मको लहर आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। सुरुवातमा भूकम्पको परिमाण ८.० मापन गरिएको थियो तर पछिल्लो संशोधनअनुसार ८.८ म्याग्निच्युडको पुष्टि गरिएको छ ।

    स्थानीय अधिकारीहरूका अनुसार पछिल्ला दशकमा यो क्षेत्रमै आएको यो सबैभन्दा शक्तिशाली भूकम्प हो। यद्यपि हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend