Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

न्युजिल्याण्डमा सुटकेसभित्र बच्चा फेला, २७ वर्षीया महिला बसबाटै पक्राउ


१८, साउन २०८२
  • 205
    SHARES
  • न्युजिल्याण्डमा सुटकेसभित्र बच्चा फेला, २७ वर्षीया महिला बसबाटै पक्राउ

    वेलिङटन । न्युजिल्याण्डकी एक २७ वर्षीया महिला आइतबार बसमा यात्रा गरिरहेको अवस्थामा बच्चामाथि दुव्र्यवहार र बेवास्ता गरेको आरोपमा पक्राउ परेकी छन् । डिटेक्टिभ इन्स्पेक्टर सिमोन ह्यारिसनका अनुसार ती महिलाले दुई वर्षीया बालिकालाई झोलाभित्र राखेर बसको सामान राख्ने कम्पार्टमेन्टमा राखेकी थिइन् । अकल्याण्डबाट करिब १०० किलोमिटर उत्तरमा पर्ने काइवाकास्थित बस डिपोमा चालकले झोलाभित्र केही हलचल महसुस गरेपछि प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीको उपस्थितिमा झोला खोल्दा एक बालिका भित्र रहेको देखिएको ह्यारिसनले जानकारी दिइन् । "सानी केटी आत्तिएको अवस्थामा थिई, वातावरण अत्यधिक तातो भए पनि उनको शारीरिक अवस्था सामान्य रहेको पाइएको छ," उनले भनिन् । बालिकालाई तत्काल अस्पताल लगेर विस्तृत स्वास्थ्य परीक्षण गरिएको छ । घटनापछि बालबालिका मन्त्री ओरंगा तामरिकीलाई जानकारी दिइएको छ भने मुद्दाको थप अनुसन्धान जारी रहेको जनाइएको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend