Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सोमालिल्यान्डमा चितुवाका बच्चाहरूको उद्धार


५, भदौ २०८२
  • 280
    SHARES
  • सोमालिल्यान्डमा चितुवाका बच्चाहरूको उद्धार

    नैरोबी । सोमालियाको विभाजित क्षेत्र सोमालिल्यान्डमा जन्मदेखि नै कैद गरिएका र अन्तर्राष्ट्रिय वन्यजन्तु व्यापार बजारमा बेच्ने योजना गरिएका चितुवाका १० वटा बच्चाको उद्धार गरिएको छ ।

    बच्चाहरूको हेरचाह गर्ने कम्पनी चितुवा संरक्षण कोष (सिसिएफ) की संस्थापक लौरी मार्करले बुधबार यी सबै कुपोषित भए पनि स्थिर अवस्थामा रहेको बताए । उनीहरू लामो समयसम्म कैदमा राखिएको कारण कुपोषित र अपाङ्ग जस्ता थिए ।

     

    “एउटा आठ महिनाको बच्चा छ महिना बाँधिएको कारण हिंड्न सक्दैनथ्यो भने पाँच महिनाको बच्चा धेरै कुपोषित थियो, शरीरभरि घाउ थिए र छालामुनि बोटफ्लाई कीरा थियो”, “तर यस्ता बच्चाहरूलाई हामीले भोकमरीमा परेका मानिसहरू जस्तै रिफिडिङ सिन्ड्रोमको ख्याल राख्दै बिस्तारै खानामा परिचित गराउनुपर्छ ।”

    उत्तरी सालाह जिल्लामा अगस्ट १४ मा गरिएको कारबाहीमा बच्चाहरू बोकेका दुई जनालाई पक्राउ गरिएको थियो । अधिकारीहरूले जनतालाई सन्दिग्ध वन्यजन्तु व्यापार गतिविधि रिपोर्ट गर्न आग्रह गरेका छन् ।

     

    वातावरण मन्त्रालयका निर्देशक अब्दिनसिर हुसेन सइदले पत्रकारहरूलाई चितुवाका बच्चाहरू यस्तै अपरेशनमा उद्धार गरिएका अन्य एक सय नौ वटाको समूहमा पनि सामेल रहेको बताए ।

    सोमालिल्यान्ण्ड अवैध वन्यजन्तु व्यापारको प्रमुख पारवहन केन्द्र हो । हर्न अफ अफ्रिकाबाट सयौँ चितुवा र अन्य प्रजातिहरू एडनको खाडी हुँदै खाडी देशहरूमा पठाइन्छन् ।

    सोमालिल्यान्डमा वन्यजन्तुको स्वामित्व अवैध छ र प्रहरीले प्रायः सन्दिग्ध व्यापारीमाथि कारबाही गर्छ ।

    हुसेनले भने, “हामी सोमालिल्यान्ण्डका मानिसहरूलाई उनीहरूको प्राकृतिक बासस्थानमा वन्यजन्तुहरूको संरक्षण गर्न प्रोत्साहित गर्छौं । यी जनावरहरू हाल आमाबाट अलग भएका कारण पीडित छन्, जसले आमालाई तनावमा राख्छ र सम्भवतः उनीहरू मर्न सक्छन् । एक पटक फेरि, हामी बासस्थानमा वन्यजन्तु संरक्षणको महत्त्वलाई जोड दिन चाहन्छौँ ।”

    हर्न अफ अफ्रिकाका संरक्षणवादीहरूले यसअघि खाडी देशहरूमा विदेशी घरपालुवा जनावरको माग बढेको र यस अवैध व्यापारले हर्न अफ अफ्रिकाका राष्ट्रमा इकोसिस्टममा असर पार्ने चिन्ता व्यक्त गरेका छन् । रासस

  • ट्रम्पको चेतावनी : ‘१० मिनेटमै इरानका बाँकी सैन्य लक्ष्य ध्वस्त पार्न सक्छौँ’

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य तथा आणविक क्षमता नष्ट गरिसकेको दाबी

  • बाइनान्समा ठूलो साइबर हमला : ६ अर्ब ३० करोड डलर चोरी भएको दाबी, ३ अर्ब डलर रोक्का

    काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्स साइबर आक्रमणको निशानामा परेको छ। आक्रमणका क्रममा

  • महँगी र सरकारी नीतिविरुद्ध फ्रान्समा उग्र प्रदर्शन, देशभर करिब एक हजार पक्राउ

    पेरिस । बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा भएको बृहत् प्रदर्शन हिंसात्मक बनेपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend