Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रसियाले कब्जा गरेको सबै भू-भाग युक्रेनले फिर्ता ल्याउन सक्छ: ट्रम्प


इ खबर
८, असोज २०८२
  • 184
    SHARES
  • रसियाले कब्जा गरेको सबै भू-भाग युक्रेनले फिर्ता ल्याउन सक्छ: ट्रम्प

    काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले रसियासँगको युद्धमा गुमाइरहेको आफ्नो भू-भाग फिर्ता ल्याउन सक्ने बताएका छन्। उनले युक्रेनले आफ्नो देशलाइ मुल स्वरुपकै रुपमा फिर्ता ल्याउन सक्ने बताए। ट्रम्पको पछिल्लव यो भनाइ उनको रसियासँगको युद्धबारे उनले अघिल्लो धारणामा ठूलो परिवर्तन हो।

    आफ्नो समाजिक सञ्जाल ट्रुथ सोसियल मा मार्फत नयाँ धारणा सार्वजानिक गरेका हुन्। ट्रम्पका अनुसार युरोप र नाटोको सहयोगमा युक्रेनले यो उपल्बधि हासिल गर्ने बताए। उनका अनुसार रूसको अर्थतन्त्रमाथि परेको दबाबका कारण, युक्रेनले ‘युद्ध सुरु भएको बेला रहेका मूल सिमान’ फिर्ता पाउन सक्ने बताए।

    उनको यो टिप्पणी मंगलबार न्यूयोर्कमा संयुक्त राष्ट्रसंघ महासभामा सम्बोधन गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटवार्ता पश्चात् आएको हो। ट्रम्पले पटक-पटक युद्ध अन्त्य गर्ने इच्छा व्यक्त गरेपनि उनी असफल हुँदै आएका छन्।

    यसअघि उनले शान्तिका लागि युक्रेनले केही भूभाग छोड्नुपर्ने हुनसक्ने चेतावनी दिएका थिए। तर युक्रेनका राष्ट्रपति जेलेन्स्कीले निरन्तर उनको यो भनाइलाई अस्वीकार गर्दै आएका छन्। आफ्नो पोस्टमा ट्रम्पले थप्दै भनेका थिए कि युक्रेनले ‘शायद त्यसभन्दा पनि धेरै अघि बढ्न सक्छ।’ तर उनले यो विषयमा भने प्रस्ट रुपमा खुलाउन चाहेनन्।

    उनले क्राइमियाको भने कुनै उल्लेख गरेनन्, जुन सन् २०१४ मा रूसले आक्रमण गरी आफ्नो नियन्त्रणमा लिएको थियो। रूसले २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको थियो। ट्रम्पले भने आफ्नो धारणा परिवर्तनका पछि ‘युक्रेन/रूसको सैन्य र आर्थिक अवस्थालाई राम्ररी बुझेर’ गरेको बताएका छन्।

    उनले थपे, ‘पुटिन र रूस ठूलो आर्थिक समस्यामा छन्, यही समयमा युक्रेनले कदम चाल्नुपर्छ।’ उनले रूसलाई ‘कागजी बाघ’ (पेपर टाइगर) को संज्ञा दिए। जेलेन्स्कीले ट्रम्पको यस धारणापछि उत्साहित देखिएका छन्।

    उनले ट्रम्पमा आएको परिवर्तनलाई ‘ठुलो मोड’ को रूपमा व्याख्या गरे। संयुक्त राष्ट्रसंघ भवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, युद्ध सकिएपछि अमेरिकाले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन इच्छुक भएको आफूले बुझेको समेत बताए।

    फक्स न्युज सँगको कुराकानीमा पनि जेलेन्स्कीले ट्रम्पको ट्रुथ सोसियल पोस्टले आफूलाई आश्चर्यचकित तुल्याएको बताए। उनले त्यसलाई ‘सकारात्मक संकेत’का रूपमा लिएको भन्दै अमेरिकाले अन्तिम सम्म साथ दिने विश्वास व्यक्त गरे। उनले पुटिनले राष्ट्रपति ट्रम्पलाई पटक–पटक झूट बोलेकाले पनि ट्रम्पले आफ्नो धारणा परिवर्तन गरेको हुन सक्ने आंकलन गरे।

  • ट्रम्पको चेतावनी : ‘१० मिनेटमै इरानका बाँकी सैन्य लक्ष्य ध्वस्त पार्न सक्छौँ’

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य तथा आणविक क्षमता नष्ट गरिसकेको दाबी

  • बाइनान्समा ठूलो साइबर हमला : ६ अर्ब ३० करोड डलर चोरी भएको दाबी, ३ अर्ब डलर रोक्का

    काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्स साइबर आक्रमणको निशानामा परेको छ। आक्रमणका क्रममा

  • महँगी र सरकारी नीतिविरुद्ध फ्रान्समा उग्र प्रदर्शन, देशभर करिब एक हजार पक्राउ

    पेरिस । बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा भएको बृहत् प्रदर्शन हिंसात्मक बनेपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend