Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भारतको लद्दाखमा हिंसात्मक प्रदर्शन


९, असोज २०८२
  • 162
    SHARES
  • भारतको लद्दाखमा हिंसात्मक प्रदर्शन

    काठमाडौं - भारतको लद्दाखलाई पूर्ण राज्यको दर्जा दिने र संविधानको छैठौं अनुसूचीमा समावेश गर्ने मागसहित भइरहेको प्रदर्शन हिजो हिंसात्मक बनेको छ । लेहमा हजारौं प्रदर्शनकारीले र्याली निकालेका थिए ।

    प्रदर्शनकारीहरूले भारतीय जनता पार्टी (बीजेपी) को जिल्ला कार्यालयमा आगो लगाएको र प्रहरी तथा सुरक्षा निकायका गाडीहरूमा तोडफोड तथा आगजनी गरेको बीबीसी हिन्दीले जनाएको छ ।

    यस घटनापछि प्रशासनले लेहमा कर्फ्यु लगाएको छ । साथै, भारतीय दण्ड संहिता अन्तर्गत बीएनएसको धारा १६३ लागू गरिएको छ, यसमा पाँच जना भन्दा बढी व्यक्तिको जमघटमा प्रतिबन्ध लगाइएको छ । कुनै पनि जुलुस वा र्याली निकाल्न पूर्व लिखित अनुमति अनिवार्य गरिएको खबरमा उल्लेख छ ।

    प्रदर्शनको नेतृत्व गर्दै आएका पर्यावरणविद् र सामाजिक अभियन्ता सोनम वांगचुक १५ दिनदेखि आमरण अनशनमा हुनुहुन्थ्यो । हिजो हिंसा र तनावपूर्ण परिस्थितिपछि उहाँले अनशन तोड्नुभएको छ । उहाँले एक भीडीयोे सन्देशमार्फत् हिंसा र तोडफोडप्रति दुःख व्यक्त गर्दै युवाहरूलाई संयमित रहन र शान्तिपूर्ण मार्ग अपनाउन आग्रह गरेका छन् । लेहमा हजारौं युवा सडकमा उत्रिएको र ‘जेन जेडी’ क्रान्ति भएको उहाँको भनाइ छ ।

    बीजेपीका प्रदेश अध्यक्ष ताशी ग्यालसन खाचूले पार्टी कार्यालयमा आगो लगाइएको पुष्टि गर्नुभएकोछ । यता, सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको थियो । लेह–लद्दाख संवेदनशील क्षेत्र हो । चीनको सीमासँग जोडिएको यो भूभागमा हिंसा हुनुलाई विश्लेषकहरूले गम्भीर विषय भनेका छन । साथै भारत सरकारका लागि यो एक चेतावनी पनि भएको विज्ञहरुको भनाइ छ । 

  • ट्रम्पको चेतावनी : ‘१० मिनेटमै इरानका बाँकी सैन्य लक्ष्य ध्वस्त पार्न सक्छौँ’

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य तथा आणविक क्षमता नष्ट गरिसकेको दाबी

  • बाइनान्समा ठूलो साइबर हमला : ६ अर्ब ३० करोड डलर चोरी भएको दाबी, ३ अर्ब डलर रोक्का

    काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्स साइबर आक्रमणको निशानामा परेको छ। आक्रमणका क्रममा

  • महँगी र सरकारी नीतिविरुद्ध फ्रान्समा उग्र प्रदर्शन, देशभर करिब एक हजार पक्राउ

    पेरिस । बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा भएको बृहत् प्रदर्शन हिंसात्मक बनेपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend