Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बीस वर्षपछि महिलालाई मृत्युदण्ड


९, साउन २०८०
  • 115
    SHARES
  • बीस वर्षपछि महिलालाई मृत्युदण्ड
    सिङ्गापुर । मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिङ्गापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएका दुई जनालाई यसै साता मृत्युदण्ड दिने तयारी गरेको छ । सरिदेवी जामानी भनेर चिनिने ४५ वर्षीया महिला र ५६ वर्षीय पुरुषलाई फाँसी दिन लागिएको अधिकारवादी सङ्गठन ट्रान्सफर्मेटिभ जस्टिस कलेक्टिभ (टिजेसी)ले जनाएको छ । 
     
    सिङ्गापुरले २० वर्षपछि पहिलोपटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिन लागेको हो । टिजेसीका अनुसार पचास ग्राम हेरोइन तस्करी गरेको अभियोगमा दोषी ठहर भएका ती पुरुषलाई बुधबार चङ्गी जेलमा र ३० ग्राम हेरोइन तस्करी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी जामानीलाई शुक्रबार फाँसी दिइनेछ । 
     
    सन् २०१८ मा उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । दण्ड पाउने दुवै सिङ्गापुरका नागरिक हुन् । उनीहरूका परिवारले उनीहरूको मृत्युदण्डको मिति निर्धारण गरिएको सूचना प्रदान गरिएको छ । मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले निर्धारित मृत्युदण्ड रोक्न आग्रह गरेको छ । टिजेसीले पनि मृत्युदण्ड रोक्न आग्रह गर्दै आएको छ । सिङ्गापुरले लागुऔषध नियन्त्रणको नाममा मृत्युदण्ड दिने क्रम जारी राख्नु अनुचित भएको टिप्पणी एम्नेस्टीले गरेको छ । 
     
    विश्वका धेरै देशले मृत्युदण्डको सजाय परित्याग गर्दै लागू औषधसम्बन्धी मुद्दा सम्बोधनका निम्ति उदार नीति अङ्गीकार गरिरहेको परिप्रक्ष्यमा सिङ्गापुरले त्यसलाई मनन नगर्नु दुर्भाग्यपूर्ण भएको एम्नेस्टीले बताएको छ । कोभिड–१९ को महामारीमा दुई वर्षको अन्तरालपछि सरकारले फाँसीको सजाय पुनःकार्यान्वयन गरेपछि कम्तीमा १३ जनालाई फाँसी भइसकेको छ ।

  • ट्रम्पको चेतावनी : ‘१० मिनेटमै इरानका बाँकी सैन्य लक्ष्य ध्वस्त पार्न सक्छौँ’

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य तथा आणविक क्षमता नष्ट गरिसकेको दाबी

  • बाइनान्समा ठूलो साइबर हमला : ६ अर्ब ३० करोड डलर चोरी भएको दाबी, ३ अर्ब डलर रोक्का

    काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्स साइबर आक्रमणको निशानामा परेको छ। आक्रमणका क्रममा

  • महँगी र सरकारी नीतिविरुद्ध फ्रान्समा उग्र प्रदर्शन, देशभर करिब एक हजार पक्राउ

    पेरिस । बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा भएको बृहत् प्रदर्शन हिंसात्मक बनेपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend