Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नाइजरमा असन्तुष्ट सेनाको ‘कु’ : संविधान विघटन गरी शासन सत्ता सम्हालेको घोषणा


११, साउन २०८०
  • 126
    SHARES
  • नाइजरमा असन्तुष्ट सेनाको ‘कु’ : संविधान विघटन गरी शासन सत्ता सम्हालेको घोषणा

    अफ्रिकी देश नाइजरमा सेनाले ‘कु’ गरेको छ । कर्णेल मेजर अमाडो अब्द्रामानेले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गरी देशको शासन सत्ता आफूहरुले सम्हालेको घोषणा गरेका छन् ।

    सेनाले संविधान विघटन गरी सबै सङ्घसंस्था निलम्बनको घोषणा गरेको छ । त्यहाँ सम्पूर्ण अन्तर्राष्ट्रिय सिमानाका बन्द गरिएको छ । अब आफ्नो नेतृत्वमा बन्ने राष्ट्रिय परिषद्ले देशको दैनिक कामकाज चलाउने अमाडोले बताए ।

    नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई हिजोदेखि असन्तुष्ट सेनाले कब्जामा लिएको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बाजुमलाई फोन गरी उनको पक्षमा समर्थन व्यक्त गरेकाे बीबीसीले जनाएको छ।

    त्यस्तै, राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि आफूले राष्ट्रपतिसँग कुरा गरी पूर्ण सहयोगको प्रस्ताव गरेको खबरमा उल्लेख छ । अफ्रिकी युनियनले पनि सैन्य ‘कु’ को विरोध गरेको छ । सन् २०२१ मा फ्रान्सको निकट सहयोगी मानिएका बाजुम चुनावमा विजयी भएका थिए । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend