Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भियतनाममा बाढीका कारण कम्तीमा ९० जनाको ज्यान गयो, १२ जना बेपत्ता


७, मंसिर २०८२
  • 108
    SHARES
  • भियतनाममा बाढीका कारण कम्तीमा ९० जनाको ज्यान गयो, १२ जना बेपत्ता

    काठमाण्डाै –  भियतनाममा केही दिनदेखिको ठूलो वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ९० जनाको ज्यान गएको छ । १२ जना बेपत्ता भएका छन् ।

    बाढीका कारण देशभर १ लाख ८६ हजार घरमा क्षति पुगेको र ३० लाखभन्दा धेरै पशुचौपाया बगेका भियतनामी अधिकारीहलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । करोडौं पाउन्ड बराबरको क्षति भएको अनुमान छ ।

    समाचार एजेन्सी एएफपीका अनुसार पहाडी प्रान्त डाक लाक नराम्ररी प्रभावित भएको छ । त्यहाँ नोभेम्बर १६ देखि यता ६० जनाभन्दा धेरैको ज्यान गएको छ ।

    केही हप्ताको अन्तरालमा आएको कालमेगी र बुआलोई आँधीका कारण भियतनामले अहिले सबैभन्दा ठूलो चरम मौसमी घटनाको सामाना गरिरहेको छ । सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा सहयोग गर्न सैन्य र प्रहरी स्रोतहरू परिचालन भएका छन् ।

    जलवायु परिवर्तनका कारण भियतनाम चरम मौसमी घटनाहरूको बढी जोखिममा पर्दा आँधीका घटनाहरू बढेका वैज्ञानिकहरू बताउँछन् ।

  • ट्रम्पको चेतावनी : ‘१० मिनेटमै इरानका बाँकी सैन्य लक्ष्य ध्वस्त पार्न सक्छौँ’

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य तथा आणविक क्षमता नष्ट गरिसकेको दाबी

  • बाइनान्समा ठूलो साइबर हमला : ६ अर्ब ३० करोड डलर चोरी भएको दाबी, ३ अर्ब डलर रोक्का

    काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्स साइबर आक्रमणको निशानामा परेको छ। आक्रमणका क्रममा

  • महँगी र सरकारी नीतिविरुद्ध फ्रान्समा उग्र प्रदर्शन, देशभर करिब एक हजार पक्राउ

    पेरिस । बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा भएको बृहत् प्रदर्शन हिंसात्मक बनेपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend