Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

चुनावी सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्री कार्कीको निर्देशन


१२, मंसिर २०८२
  • 85
    SHARES
  • चुनावी सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्री कार्कीको निर्देशन

    काठमाण्डाै – प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षाको जिम्मेवारी पूरा गर्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको चुनावका लागि शान्ति सुरक्षा कायम गरी सफलतापूर्वक सम्पन्न गर्ने काममा सेनाको महत्त्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभएको छ ।

    काठमाण्डाैकाे भद्रकालीमा रहेकाे नेपाली सेनाको मुख्यालय पुगेर निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारलाई प्राप्त जिम्मेवारी अनुसार शान्ति सुरक्षाको प्रत्याभूतिसहित स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गरी राष्ट्रिय अभिभारा पूरा गर्ने अभियानमा सेनाको प्रमुख भूमिका रहेको बताउनुभयो ।

    सबै राजनीतिक दलका राजनीतिक गतिविधिलाई विना अवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न उहाँले सेनालाई निर्देशनसमेत दिनुभएको छ ।

    नागरिकको ज्यान जाने र घाइते हुने अवस्था आउन नहुनेमा जोड दिँदै प्रधानमन्त्रीले यसअघिका चुनावको समेत अनुभव र आउँदो चुनावको अवस्था विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरी त्रुटिरहित ढङ्गले काम गर्न निर्देशन दिनुभयो ।

    नवयुवकाे आन्दाेलनका क्रममा लुटिएका र हराएका हातहतियारको खोजतलाससहित नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न पनि उहाँको निर्देशन रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    हिजो मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले चुनावको सुरक्षाका लागि सेना परिचालनको स्वीकृति दिनुभएको थियो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend