काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटलीको सातदिने भ्रमण सकेर शुक्रबार बिहान स्वदेश फर्किँदै हुनुहुन्छ ।
संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टू’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड यही साउन ६ गते त्यसतर्फ जानुभएकाे थियाे ।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्नुभएकाे थियाे । रोममा रहँदा उहाँले बङ्गलादेशी समकक्षी शेख हसिनासँग भेटे गर्नु भएकाे थियाे ।
यो क्रममा उहाँहरूबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको थियो । उहाँहरूबीच कृषि, जलविद्युत् क्षेत्रमा सहकार्य तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको थियो।